नाबालिगसँग यौनहिंसा : बेलायती राजकुमारदेखि वैज्ञानिक हकिङसम्मको नाम
न्युयोर्क । कुख्यात यौन अपराधी जेफ्री एप्सटिनसँग सम्बन्धित अदालतमा बुझाइएका सयौँ गोप्य दस्ताबेज यो हप्ता सार्वजनिक गरिँदैछ । अमेरिकी जिल्ला न्यायाधीश लोरेटा प्रस्काले यो महिनाको सुरुवातमा यस प्रकरणमा मुछिएका नामहरूलाई गोप्य राख्नुपर्ने कुनै कानुनी आधार नरहेको आदेश जारी गरेकी थिइन् ।
यस प्रकरणमा मुछिने चर्चित नामहरुमा बेलायतका राजकुमार एन्ड्रयू, पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन, वैज्ञानिक स्टेफन हकिङलगायत रहेका छन् । यस घटनाका पीडित रहेकी भर्जिनिया गिउफ्रेले बेलायती सोसलाइट घिसलेन म्याक्सवेलविरुद्ध उनी जेफ्री एप्सटिनको यौन बेचबिखनको धन्दामा संलग्न भएको मुद्दा दायर गरेको कयौँ वर्षपछि नाम सार्वजनिक गर्न लागिएको छ । सन् १९९९ देखि २००२ सम्म आफू नाबालिग रहँदा यौनहिंसा भएको उनको आरोप छ ।
गम्भीर आरोप लागेपछि यस विषयले व्यापक चर्चा पाएको थियो । तर, कानुनी प्रक्रिया चलिरहँदा एप्सटिनले सन् २०१९ को अगस्टमा न्युयोर्कको जेलमा झुन्डिएर आत्महत्या गरेका थिए ।
‘डो ३६’ भनेर चिनाइएका बिल क्लिन्टनको नाम अदालतको दस्ताबेजमा ५० पटक उल्लेखित छ । भर्जिनिया गिउफ्रेले क्लिन्टनमाथि यौन हिंसाको आरोप नलाए पनि उनले क्लिन्टनलाई एप्सटिनको टापुमा दुई नाबालिगहरूसँग देखेको बताइएकी छन् ।
क्लिन्टनले यो दाबीलाई खारेज गर्दै आइरहेका छन् । आरोपलाई अस्वीकार गरे पनि उनले राष्ट्रपति पद छाडेपछि एप्सटिनकै विमान प्रयोग गरे पेरिस, बैंकक र ब्रुनई पुगेको विमानको तथ्याङ्कले देखाएको थियो ।
दस्ताबेजमा अर्का पीडित जोहाना जोबर्गले एप्सटिनले एक पटक बिल क्लिन्टनलाई ‘सानो उमेर’ का किशोरीहरू मनपर्ने कुरा उनलाई बताएको उल्लेख गरेकी छन् । स्मरण रहोस् अमेरिकी राष्ट्रपति रहँदा क्लिन्टनको २२ वर्षीया इन्टर्नसँग अवैध सम्बन्ध रहेको थियो ।
त्यस्तै, चर्चित वैज्ञानिक स्टेफन हकिङको नाम पनि दस्ताबेजमा उल्लेख छ । सन् २०१५ मा भर्जिनियाले मुद्दा दर्ता गरेपछि बेलायती सोसलाइट घिसलेन म्याक्सवेलले एप्सटिनलाई इमेल लेखेर ‘प्राध्यापक हकिङ नाबालिगहरूसँग सामूहिक यौन क्रियाकलापमा संलग्न भएको दाबी’ झुटो देखाउन भर्जिनियाका साथीहरूलाई ‘पुरस्कार’ को व्यवस्था गर्न आग्रह गरेकी थिइन् ।
‘अगाडि आएर भर्जिनियाको दाबी खण्डन गर्ने उनका साथी, समकक्षी, परिवार जो कोहीलाई तिमीले पुरस्कार दिन सक्छौँ । सबैभन्दा बलियो आरोप भनेको क्लिन्टनको डिलर र भर्जिन आइल्याण्डमा स्टेफन हकिङ नाबालिगहरूसँग सामूहिक यौन क्रियाकलापमा संलग्न थिए भन्ने छ,’ आइरिस न्यूजमा प्रकाशित इमेलमा भनिएको छ ।
यता बेलायती राजपरिवारका सदस्य राजकुमार एन्ड्रयूमाथि पनि यौन गतिविधिमा संलग्न भएको आरोप छ । भर्जिनियाले सन् २००१ को मार्चमा आफूलाई राजकुमार एन्ड्रयू कहाँ पुर्याएको दाबी गरेकी छिन् । नाइट क्लबमा पुगेपछि म्याक्सवेलले उनलाई ‘आफूले जेफ्रीका लागि गर्ने कुरा एन्ड्रयूका लागि गर्न’ निर्देशन दिएकी थिइन् । राजकुमार एन्ड्रयूले भने आफूले कहिले पनि भर्जिनियालाई नभेटेको दाबी गर्दै आएका छन् ।
उता जोहाना जोबर्गले सन् २०११ मा जेफ्री एप्सटिनको म्यानहाटनस्थित अपार्टमेन्टमा सँगै सोफामा बस्दा राजकुमार एन्ड्रयूले उनको वक्षस्थल समातेको आरोप लगाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण