चर्चित भिडियो गेम ‘टेट्रिस’ लाई हराउने पहिलो व्यक्ति बनेको किशोरको दाबी
ओक्लोहामा । अमेरिकाको ओक्लोहामाका एक किशोर निन्टेन्डोको चर्चित भिडियो गेम ‘टेट्रिस’ लाई हराउने पहिलो मानव बनेको विश्वास गरिएको छ । यो भिडियो गेम रिलिज भएको ३४ वर्ष यता कसैले उसलाई हराउन सफल भएको यो पहिलो अवसर हो ।
विलिस गिब्सनले आफ्नो युट्युब च्यानलमा खेलको १५७ औँ लेभलमा पुगेको भिडियो हालेका छन् । त्यसपछि गेम क्र्यास हुनपुग्छ । १३ वर्षीय किशोरले त्यसपछि आफ्ना कुर्सीमा ढल्दै भन्छन्, ‘म बेहोस हुन लागेको छु, म मेरा औँलाहरू महसुस गर्न सकिरहेको छैन ।’ उनलाई खेललाई हराउन ३८ मिनेट लागेको थियो ।

केही वर्ष अघिसम्म यो खेलको २९ लेभलसम्म खेल्न सकिने खेलाडीहरूको विश्वास थियो । यो चर्चित खेलमा खेलाडीहरूले खसिरहेका ब्लकलाई तेर्सो लाइनमा मिलाउनुपर्छ । हरेक लेभलमा यसको गति बढ्दै जान्छ । यसलाई सन् १९८४ मा सोभियत इन्जिनियर एलेक्सी पाजिट्नोभले विकास गरेका हुन् । सन् १९८९ मा निन्टेन्टो इन्टरटेन्मेन्ट सिस्टम र निन्टेन्डोको गेम ब्वाई कन्सोलमा समावेश भएपछि यो चर्चित बन्न पुग्यो ।
आज यो खेललाई विभिन्न कन्सोल र मोबाइलमा समेत खेल्न सकिन्छ । सन् २०१० मा व्यावसायिक खेलाडी थोर एकरलन्ड यस खेलको लेभल ३० सम्म पुग्न सफल भएका थिए । गत महिनासम्म एआई मात्र खेलको ‘किल स्क्रिन’ तहसम्म पुग्न सकेको थियो । कुनै पनि खेलाडी खेल क्र्यास हुने तहसम्म पुग्नुलाई किल स्क्रिन भनिन्छ ।
भिडियोमा ३८ मिनेटपछि विलिसको स्क्रिन क्र्यास हुन्छ र थप ब्लकहरु आउन छाड्छ । उनले खेललाई हराउँछन् । युट्युबमा ब्लु स्कुटी नाम रहेका उनले ११ वर्षको उमेरदेखि खेल खेल्न थालेका हुन् । उनले विभिन्न प्रतियोगिताहरूमा पनि सहभागी भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
-
‘२०५९ सालको मापदण्ड कायमै रहँदा हिमाल र पहाडमा विद्यालय नै नरहने खतरा भयो’
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण