सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चित भिडियो गेम ‘टेट्रिस’ लाई हराउने पहिलो व्यक्ति बनेको किशोरको दाबी

बिहीबार, १९ पुस २०८०, १३ : ३३
बिहीबार, १९ पुस २०८०

ओक्लोहामा । अमेरिकाको ओक्लोहामाका एक किशोर निन्टेन्डोको चर्चित भिडियो गेम ‘टेट्रिस’ लाई हराउने पहिलो मानव बनेको विश्वास गरिएको छ । यो भिडियो गेम रिलिज भएको ३४ वर्ष यता  कसैले उसलाई हराउन सफल भएको यो पहिलो अवसर हो ।

विलिस गिब्सनले आफ्नो युट्युब च्यानलमा खेलको १५७ औँ लेभलमा पुगेको भिडियो हालेका छन् । त्यसपछि गेम क्र्यास हुनपुग्छ । १३ वर्षीय किशोरले त्यसपछि आफ्ना कुर्सीमा ढल्दै भन्छन्, ‘म बेहोस हुन लागेको छु, म मेरा औँलाहरू महसुस गर्न सकिरहेको छैन ।’ उनलाई खेललाई हराउन ३८ मिनेट लागेको थियो ।

_132198208_willis

केही वर्ष अघिसम्म यो खेलको २९ लेभलसम्म खेल्न सकिने खेलाडीहरूको विश्वास थियो । यो चर्चित खेलमा खेलाडीहरूले खसिरहेका ब्लकलाई तेर्सो लाइनमा मिलाउनुपर्छ । हरेक लेभलमा यसको गति बढ्दै जान्छ । यसलाई सन् १९८४ मा सोभियत इन्जिनियर एलेक्सी पाजिट्नोभले विकास गरेका हुन् । सन् १९८९ मा निन्टेन्टो इन्टरटेन्मेन्ट सिस्टम र निन्टेन्डोको गेम ब्वाई कन्सोलमा समावेश भएपछि यो चर्चित बन्न पुग्यो ।

आज यो खेललाई विभिन्न कन्सोल र मोबाइलमा समेत खेल्न सकिन्छ । सन् २०१० मा व्यावसायिक खेलाडी थोर एकरलन्ड यस खेलको लेभल ३० सम्म पुग्न सफल भएका थिए । गत महिनासम्म एआई मात्र खेलको ‘किल स्क्रिन’ तहसम्म पुग्न सकेको थियो । कुनै पनि खेलाडी खेल क्र्यास हुने तहसम्म पुग्नुलाई किल स्क्रिन भनिन्छ ।

भिडियोमा  ३८ मिनेटपछि विलिसको स्क्रिन क्र्यास हुन्छ र थप ब्लकहरु आउन छाड्छ । उनले  खेललाई हराउँछन् । युट्युबमा ब्लु स्कुटी नाम रहेका उनले ११ वर्षको उमेरदेखि खेल खेल्न थालेका हुन् । उनले विभिन्न प्रतियोगिताहरूमा पनि सहभागी भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप