विदेशमन्त्री जयशंकरले भने, ‘नेपाल भारतको सम्बन्ध साँच्चै अनौठो छ’

काठमाडौँ । दुई दिवसीय नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्री एस.जयशंकरले नेपाल–भारत बिचको मित्रता साँच्चै अनौठो रहेको बताएका छन् । जयशंकरले आपसी साझेदारीको बलबाट सम्बन्ध झन् बलियो हुँदै गइरहेको उनले बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनले भने, ‘नेपाल–भारतको मित्रता साँच्चै अनौठो छ र हाम्रो साझेदारी बलबाट बलियो हुँदै गइरहेको छ ।’ भेटघाटको क्रममा प्रधानमन्त्री प्रचण्डले सन् २०२३ गरेको भारत भ्रमणले नेपाल–भारतको सम्बन्धलाई झन् बलियो बनाएको उनले बताए । यो भेटघाट र छलफलले दुई देश बिचको सम्बन्धलाई नयाँ गति दिएको उनले बताए ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आएका उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्नुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटघाट गरेका थिए । राष्ट्रपति पौडेलसँगको भेटघाटमा पनि दुई देशको सम्बन्धको बारेमा कुराकानी भएको थियो ।
प्रधानमन्त्री प्रचण्डसँग भेटघाटपछि उनी परराष्ट्र मन्त्री एनपी साउदसँग छलफल गरेका छन् । त्यहाँ पनि विभिन्न राजनीति, आर्थिक तथा सांस्कृतिक विषयमा कुराकानी गरेर उनी संयुक्त आयोगको बैठकमा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रकम लिएर नाबालिका छोरीको भारतीयसँग विवाह गराउने आमा पक्राउ
-
इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु