विदेशमन्त्री जयशंकरले भने, ‘नेपाल भारतको सम्बन्ध साँच्चै अनौठो छ’
काठमाडौँ । दुई दिवसीय नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्री एस.जयशंकरले नेपाल–भारत बिचको मित्रता साँच्चै अनौठो रहेको बताएका छन् । जयशंकरले आपसी साझेदारीको बलबाट सम्बन्ध झन् बलियो हुँदै गइरहेको उनले बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनले भने, ‘नेपाल–भारतको मित्रता साँच्चै अनौठो छ र हाम्रो साझेदारी बलबाट बलियो हुँदै गइरहेको छ ।’ भेटघाटको क्रममा प्रधानमन्त्री प्रचण्डले सन् २०२३ गरेको भारत भ्रमणले नेपाल–भारतको सम्बन्धलाई झन् बलियो बनाएको उनले बताए । यो भेटघाट र छलफलले दुई देश बिचको सम्बन्धलाई नयाँ गति दिएको उनले बताए ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आएका उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्नुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटघाट गरेका थिए । राष्ट्रपति पौडेलसँगको भेटघाटमा पनि दुई देशको सम्बन्धको बारेमा कुराकानी भएको थियो ।
प्रधानमन्त्री प्रचण्डसँग भेटघाटपछि उनी परराष्ट्र मन्त्री एनपी साउदसँग छलफल गरेका छन् । त्यहाँ पनि विभिन्न राजनीति, आर्थिक तथा सांस्कृतिक विषयमा कुराकानी गरेर उनी संयुक्त आयोगको बैठकमा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण