गायिका बबिना भट्टराईको स्वरमा ‘माझी बनेर आयौ’ सार्वजनिक
शुक्रबार, २० पुस २०८०, ०७ : ५०

काठमाडौँ । गायिका बबिना भट्टराईको स्वरमा ‘माझी बनेर आयौ’ बोलको गीत सार्वजनिक भएको छ । गीतको शब्द सुनिता प्रसाईँले लेखेकी हुन् भने सङ्गीत गायिका स्वयंकै रहेको छ।
एउटा मान्छेको आगमन अनि प्रेमले कसैको जीवनमा आएको सकारात्मक परिवर्तनलाई गीतमा शब्द मार्फत उतारिएको छ। गीतको भाव अनुसारकै सङ्गीत छ।
गीत निकै सरल छ। त्यसो त, गीतको भिडियो पनि निकै सरल छ। कुनै तामझाम छैन भिडियोमा। सामान्य स्टुडियो भर्सनमा भिडियो निर्माण गरिएको छ। भिडियोमा गायिका स्वयं फिचर्ड छिन्। भिडियोमा उनले गरेको लिप्सिङले दर्शकहरु प्रत्यक्ष गीतको अडियोसँग केन्द्रित हुन्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले खोज्यो छानबिन समितिको लिखित प्रतिबद्धता, सत्तापक्ष छलफलमा
-
प्रदेश सांसद सिंहले आफ्नै खातामा जम्मा गराउँथे कमिसन
-
ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन : २०२४ को नेशनल स्टुडेन्ट सर्भेमा लण्डनभर बिजनेस स्टडीतर्फ दोस्रो स्थान
-
मधेश प्रदेशका सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा
-
व्यवसायमुखी युट्युब च्यानलको रूपमा आइडियाप्रिन्योरले बनायो इतिहास
-
२० अर्ब भन्दा बढी रकम गायब भएको छैन : नेपाल बैङ्क