मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

विपक्षीमाथि गोल वर्षा गर्दै युभेन्ट्स इटालियन कपको क्वार्टरमा

शुक्रबार, २० पुस २०८०, १० : १५
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । बलियो युभेन्ट्स इटालियन कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । युभेन्ट्स शुक्रबार विहान सम्पन्न खेलमा सालेर्निटानालाई ६–१ गोलले हराउँदै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

खेलमा सुरुआती अग्रता भने सालेर्निटानाले लिएको थियो । खेल सुरु भएको पहिलो मिनेटमै सालेर्निटानाका लागि चुकुबुकेम इकुमेसीले गोल गरेका थिए । त्यसपछि खेलमा उत्कृष्ट पुनरागमन गरेको युभेन्ट्सले लगातार ६ गोल फर्काएको थियो ।

युभेन्ट्सका लागि पहिलो गोल १२औँ मिनेटमा फाबियो मिरेट्टीले गरेका थिए । ३४औँ मिनेटमा आन्द्रे काम्बियासोले दोस्रो गोल थपेका थिए । सोही गोलका कारण खेलको पहिलो हाफमा युभेन्ट्स २–१ ले अगाडि रह्यो ।

खेलको दोस्रो हाफमा युभेन्ट्सले चार गोल थपेको थियो । ५४औँ मिनेटमा युभेन्ट्सका लागि ड्यानियल रुगानीले तेस्रो गोल गरेका थिए । ७५औँ मिनेटमा सालेर्निटानाका डायलन ब्रोनबाट आत्मघाति गोल भएपछि युभेन्ट्स ४–१ ले अगाडि बढेको थियो ।

यसैगरी खेलको ८८औँ मिनेटमा युभेन्ट्सका लागि केनन यिल्डिजले पाँचौँ गोल थपेका थिए । युभेन्ट्सका लागि छैटौँ गोल भने इन्जुरी समयको पहिलो मिनेटमा टिमोथी वेहले गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप