विपक्षीमाथि गोल वर्षा गर्दै युभेन्ट्स इटालियन कपको क्वार्टरमा
काठमाडौँ । बलियो युभेन्ट्स इटालियन कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । युभेन्ट्स शुक्रबार विहान सम्पन्न खेलमा सालेर्निटानालाई ६–१ गोलले हराउँदै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
खेलमा सुरुआती अग्रता भने सालेर्निटानाले लिएको थियो । खेल सुरु भएको पहिलो मिनेटमै सालेर्निटानाका लागि चुकुबुकेम इकुमेसीले गोल गरेका थिए । त्यसपछि खेलमा उत्कृष्ट पुनरागमन गरेको युभेन्ट्सले लगातार ६ गोल फर्काएको थियो ।
युभेन्ट्सका लागि पहिलो गोल १२औँ मिनेटमा फाबियो मिरेट्टीले गरेका थिए । ३४औँ मिनेटमा आन्द्रे काम्बियासोले दोस्रो गोल थपेका थिए । सोही गोलका कारण खेलको पहिलो हाफमा युभेन्ट्स २–१ ले अगाडि रह्यो ।
खेलको दोस्रो हाफमा युभेन्ट्सले चार गोल थपेको थियो । ५४औँ मिनेटमा युभेन्ट्सका लागि ड्यानियल रुगानीले तेस्रो गोल गरेका थिए । ७५औँ मिनेटमा सालेर्निटानाका डायलन ब्रोनबाट आत्मघाति गोल भएपछि युभेन्ट्स ४–१ ले अगाडि बढेको थियो ।
यसैगरी खेलको ८८औँ मिनेटमा युभेन्ट्सका लागि केनन यिल्डिजले पाँचौँ गोल थपेका थिए । युभेन्ट्सका लागि छैटौँ गोल भने इन्जुरी समयको पहिलो मिनेटमा टिमोथी वेहले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण