यस्तो छ नेपालको यू–१९ विश्वकप यात्रा
काठमाडौँ । यसै महिना दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टोलीको घोषणा गरेको छ । यू–१९ विश्वकप जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म सञ्चालन हुनेछ ।
देव खनालको कप्तानीमा घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवाष भण्डारी र दीपक बोहरा रहेका छन् ।
यसैगरी उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा छन् । यू–१९ विश्वकपमा कुल १६ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपालसँगै पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान रहेका छन् । नेपाली टोलीले आफ्नो पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग खेल्नेछ ।
यसैगरी नेपालले आफ्नो दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र तेस्रो खेल जनवरी २७ मा अफगानिस्तानसँग खेल्नेछ । प्रतियोगिताको समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे र नामिबिया रहेका छन् ।
समूह ‘बी’ मा दक्षिण अफ्रिका, इङ्ल्यान्ड, वेस्ट इन्डिज र स्कटल्यान्ड परेका छन् । समूह ‘ए’ मा भने भारत, बंगलादेश, अमेरिका र आयरल्यान्ड रहेका छन् । पहिलो चरणको खेलको समाप्तिपछि प्रत्येक समूहबाट तीन–तीनवटा टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा पुग्ने १२ वटा टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ । ‘सुपर सिक्स’ चरणको एउटा समूहमा समूह ‘ए’ र समूह ‘डी’ बाट आएका ६ टोली समावेश हुनेछन् । ‘सुपर सिक्स’ चरणको दोस्रो समूहमा भने समूह ‘बी’ र समूह ‘सी’ बाट आएका ६ टोली रहने छन् ।
‘सुपर सिक्स’ चरणको समाप्तिपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलमा विजयी हुने दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताका क्रममा कुल ४८ खेल खेलिने छ । यू–१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो ।
यसअघि यू–१९ विश्वकपको १४ वटा संस्करण सम्पन्न भइसकेको छ । यू–१९ विश्वकपको पहिलो संस्करण सन् १९८८ मा अस्ट्रेलियामा आयोजना भएको थियो । पहिलो संस्करणको फाइनलमा आयोजक अस्ट्रेलियाले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो ।
यसैगरी दोस्रो संस्करण सन् १९९८ मा दक्षिण अफ्रिकामा आयोजना भएको थियो । दोस्रो संस्करणको फाइनलमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई सात विकेटले पराजित गरेको थियो । तेस्रो संस्करण सन् २००० मा श्रीलंकामा आयोजना भएको थियो । तेस्रो संस्करणको फाइनलमा भारतले श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो ।
चौथो संस्करण सन् २००२ मा न्युजिल्यान्डमा आयोजना भएको थियो । चौथो संस्करणको फाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई सात विकेटले हराएको थियो । पाँचौँ संस्करण सन् २००४ मा बंगलादेशमा आयोजना भएको थियो । पाँचौँ संस्करणको फाइनलमा पाकिस्तानले वेस्ट इन्डिजलाई २५ रनले पराजित गरेको थियो ।
यसैगरी सन् २००६ मा श्रीलंकामा आयोजना भएको छैटौं संस्करणको फाइनलमा पाकिस्तानले भारतलाई ३८ रनले हराएको थियो । सन् २००८ मा मलेसियामा भएको सातौँ संस्करणको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १२ रनले पराजित गरेको थियो । सन् २०१० मा न्युजिल्यान्डमा भएको आठौँ संस्करणको फाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई २५ रनले पराजित गरेको थियो ।
यसैगरी सन् २०१२ मा अस्ट्रेलियामा खेलिएको नवौँ संस्करणको फाइनलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो । सन् २०१४ मा यूएईमा भएको १०औँ संस्करणको फाइनलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।
यसैगरी सन् २०१६ मा बंगलादेशमा खेलिएको ११औँ संस्करणको फाइनलमा वेस्ट इन्डिजले भारतलाई पाँच विकेटले पराजित गरेको थियो । सन् २०१८ मा न्युजिल्यान्डमा भएको १२औँ संस्करणको फाइनलमा भारतले अस्ट्रेलियालाई आठ विकेटले हराएको थियो ।
सन् २०२० मा दक्षिण अफ्रिकामा खेलिएको १३ औँ संस्करणको फाइनलमा भने बंगलादेशले भारतलाई तीन विकेटले पाखा लगाएको थियो । यसका अतिरिक्त सन् २०२२ मा वेस्ट इन्डिजमा खेलिएको १४औँ संस्करणको फाइनलमा भारतले इङ्ल्यान्डलाई चार विकेटले पराजित गरेको थियो ।
नेपालले भने हालसम्म सात पटक यू–१९ विश्वकप खेलिसकेको छ । नेपालले यो वर्ष आठौँ पटक यू–१९ विश्वकप खेल्न लागेको हो । नेपालले पहिलो पटक सन् २००० मा यू–१९ विश्वकप खेलेको थियो । सन् २०१६ पछि भने नेपालले यो प्रतियोगिता खेल्ने अवसर पाएको थिएन ।
यू–१९ विश्वकपमा हालसम्म आफूले खेलेको कूल ४३ खेलमध्ये नेपालले २१ खेलमा जित र २१ खेलमा हारको नतिजा निकालेको छ । एक खेल भने अनिर्णित रुपमा सकिएको छ । सन् २००२ को यू–१९ विश्वकपमा नेपाल प्लेट च्याम्पियनसिपको उपविजेता बनेको थियो । प्लेट च्याम्पियनसिपको फाइनलमा जिम्बाबेले नेपाललाई एक सय ३७ रनले हराएको थियो ।
यसैगरी नेपालले सन् २००६ मा प्लेट च्याम्पियनसिपको उपाधि चुमेको थियो । त्यतिबेला नेपालले प्लेट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डलाई एक विकेटले हराएको थियो । त्यसलगत्तै सन् २००८ को यू–१९ विश्वकपको प्लेट च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।
प्लेट च्याम्पियनसिपको फाइनलमा वेस्ट इन्डिजले नेपाललाई सात विकेटले पराजित गरेको थियो । त्यसयता भने नेपालले यू–१९ विश्वकपमा गतिलो छाप छाड्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण