दीपकराज गिरी लेख्छन्– ‘नेपालको वर्तमान अवस्थाको मुक्ति भारतसँगको स्पष्ट र मजबुत दोस्ती’
शुक्रबार, २० पुस २०८०, १२ : १७
काठमाडौँ । हास्य कलाकारबाट फिल्म अभिनेता बनेका दीपकराज गिरी समसामयिक विषयमा टिका टिप्पणी गर्न माहिर छन् । देशको राजनीतिक, आर्थिक होस् वा सामाजिक विषयमा उनी बेलाबेलामा टिप्पणी गर्छन् ।
जसको चर्चा पनि राम्रै हुने गरेको छ । कतिपय अवस्थामा उनी टिप्पणीमार्फत विषयमा व्यङ्ग्य प्रहार गर्छन् भने कतिपय अवस्थामा समाधान सुझाउँछ ।
शुक्रवार उनले सामाजिक सञ्जालमा गरेको एक पोस्टमा भने भारतसँगको समस्याको समाधान सुझाएका छन् । उनले नेपालको वर्तमान अवस्थाको समाधानको एक मात्र विकल्प भारतसँगको स्पष्ट र मजबुत दोस्ती भएको सुझाएका हुन् ।
उनले लेखेका छन्– ‘धेरै भो राष्ट्रवादी भएको आज अलिकता राष्ट्रघाती बनौँ है ? नेपालले वर्तमान अवस्थाबाट मुक्ति पाउने एक मात्रै विकल्प भारतसँगको स्पष्ट र मजबुत दोस्ती नै हो ।’ दीपकको यो पोस्टमा धेरैले प्रतिक्रिया जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण