शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दीपकराज गिरी लेख्छन्– ‘नेपालको वर्तमान अवस्थाको मुक्ति भारतसँगको स्पष्ट र मजबुत दोस्ती’

शुक्रबार, २० पुस २०८०, १२ : १७
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । हास्य कलाकारबाट फिल्म अभिनेता बनेका दीपकराज गिरी समसामयिक विषयमा टिका टिप्पणी गर्न माहिर छन् । देशको राजनीतिक, आर्थिक होस् वा सामाजिक विषयमा उनी बेलाबेलामा टिप्पणी गर्छन् ।

जसको चर्चा पनि राम्रै हुने गरेको छ । कतिपय अवस्थामा उनी टिप्पणीमार्फत विषयमा व्यङ्ग्य प्रहार गर्छन् भने कतिपय अवस्थामा समाधान सुझाउँछ । 

शुक्रवार उनले सामाजिक सञ्जालमा गरेको एक पोस्टमा भने भारतसँगको समस्याको समाधान सुझाएका छन् । उनले नेपालको वर्तमान अवस्थाको समाधानको एक मात्र विकल्प भारतसँगको स्पष्ट र मजबुत दोस्ती भएको सुझाएका हुन् ।

उनले लेखेका छन्– ‘धेरै भो राष्ट्रवादी भएको आज अलिकता राष्ट्रघाती बनौँ है ? नेपालले वर्तमान अवस्थाबाट मुक्ति पाउने एक मात्रै विकल्प भारतसँगको स्पष्ट र मजबुत दोस्ती नै हो ।’ दीपकको यो पोस्टमा धेरैले प्रतिक्रिया जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप