स्वदेशमा उत्पादित वस्तुहरुको प्रयोग बढाऔँ : मन्त्री गुरुङ
काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोग बढाउनुपर्नेमा जोड दिएकी छन् ।
शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालमा हुने विकास निर्माणका कार्यमा स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोग बढाउनुपर्ने बताएकी हुन् । उनले नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको विभिन्न काष्ठसम्बन्धी सामग्रीहरुको उत्पादन बढिरहेको र नेपालमै काष्ठ सम्बन्धी उद्योगहरु बढाउनुपर्ने बताइन् ।
मन्त्री गुरुङले काष्ठसम्बन्धी उद्योग र यस्ता मेलाहरुलाई सहुलियत दिइरहेको पनि बताइन् । उनले नेपालमा काष्ठसम्बन्धी बनेका सामग्रीहरुको प्रचार नेपालमा हुन नसकेकाले आगामी दिनमा यसको प्रचार बढाउँदै लैजानुपर्ने बताइन् ।
मन्त्री गुरुङले नेपाली बजारमा अन्तर्राष्ट्रिय सामग्री नै बढी खोज्ने कुराले स्वदेशमा उत्पादित वस्तुमा बढी बजार र पहिचान पाउन नसकेको बताइन् । मेला तीन दिनसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण