डेडिकेटेड लाइन विवाद न्यायिक समिति बनाएर समाधान गरौं : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसायी र नेपाल विद्युत् प्राधिकरणबिचको डेडिकेटेट तथा ट्रक लाइन विवाद न्यायिक समिति बनाएर समाधान गर्नुपर्ने बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले कुनै प्रमाण विनाको शुल्क तिर भन्नू जायज नहुने तर्क गरे ।
‘व्यवसायीहरुले प्रयोग गरेको विद्युतको महसुल तिर्दिन भनेका छैनन् । प्रयोग गरेको विद्युतको बिल चाहियो तिर्छौ भनेका छन् । तर, प्राधिकरणले प्रमाण दिन सकेको छैन’ अध्यक्ष ढकालले भने, ‘अब बिल बिनाको महसुल कसरी तिर्ने ?’
बिना जानकारी उद्योगको बिद्युत् कटौती गर्दा लाखौं श्रमिकहरूले रोजगारी गुमाउने मात्र नभई मुलुकको अर्थतन्त्र समेत खस्किनेतर्फ अध्यक्ष ढकालले सचेत गराए ।
यस्तो विवादको शीघ्र समाधानका लागि सकेसम्म उद्योगी र प्राधिकरणले नै सहमति गरेर जानुपर्ने नत्र छुट्टै न्यायिक समिति बनाएर भनेपनि समस्या समाधान गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण