राष्ट्रिय युवा संघले भन्यो–भारतले सोझै २० करोड दिने सम्झौता नेपालको परराष्ट्र नीति विपरीत छ
काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय ‘उच्च प्रभावयुक्त सामुदायिक विकास योजना’ कार्यक्रम अन्तर्गत सोझै भारत सरकारले २० करोड दिन सक्ने गरी भएको सम्झौताको विरोध जनाएको छ । राष्ट्रिय युवा संघ नेपालका महासचिव सुमन पुरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त सम्झौता नेपालको परराष्ट्र नीति तथा कूटनीति विपरीत रहेको जनाएको हो ।
सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका लागि लज्जास्पद मात्र नभई उक्त सम्झौता नेपालको राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय स्वाधीनताको विरुद्धमा रहेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘भारतीय परराष्ट्रमन्त्री एस. जयशंकरले संयुक्त आयोगको बैठकमा उपस्थिति भएको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले नेपालको स्वतन्त्र, सार्वभौम तथा स्वविवेकीय स्थितिलाई एक पछि अर्को गर्दै कमजोर बनाउँदै लगेको छ । दूतावासले नेपाल सरकारलाई विना जानकारी सिधै लगानी गर्ने सम्झौता गर्नु भनेको कालान्तरमा अप्रत्यक्ष रुपमा नेपाललाई एक प्रान्त बनाउने योजनामा यो सरकार लागेको देखिन्छ ।’
राष्ट्रिय युवा संघ नेपालले उक्त सम्झौता रद्द गरी नेपालको स्वतन्त्रता र सार्वभौमिकतालाई रक्षा गर्न माग गरेको छ । सम्झौता रद्द तथा सरकारले जनतासामु माफी नमागे आन्दोलन गर्ने राष्ट्रिय युवा संघ नेपालले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण