राष्ट्रिय युवा संघले भन्यो–भारतले सोझै २० करोड दिने सम्झौता नेपालको परराष्ट्र नीति विपरीत छ

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय ‘उच्च प्रभावयुक्त सामुदायिक विकास योजना’ कार्यक्रम अन्तर्गत सोझै भारत सरकारले २० करोड दिन सक्ने गरी भएको सम्झौताको विरोध जनाएको छ । राष्ट्रिय युवा संघ नेपालका महासचिव सुमन पुरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त सम्झौता नेपालको परराष्ट्र नीति तथा कूटनीति विपरीत रहेको जनाएको हो ।
सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका लागि लज्जास्पद मात्र नभई उक्त सम्झौता नेपालको राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय स्वाधीनताको विरुद्धमा रहेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘भारतीय परराष्ट्रमन्त्री एस. जयशंकरले संयुक्त आयोगको बैठकमा उपस्थिति भएको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले नेपालको स्वतन्त्र, सार्वभौम तथा स्वविवेकीय स्थितिलाई एक पछि अर्को गर्दै कमजोर बनाउँदै लगेको छ । दूतावासले नेपाल सरकारलाई विना जानकारी सिधै लगानी गर्ने सम्झौता गर्नु भनेको कालान्तरमा अप्रत्यक्ष रुपमा नेपाललाई एक प्रान्त बनाउने योजनामा यो सरकार लागेको देखिन्छ ।’
राष्ट्रिय युवा संघ नेपालले उक्त सम्झौता रद्द गरी नेपालको स्वतन्त्रता र सार्वभौमिकतालाई रक्षा गर्न माग गरेको छ । सम्झौता रद्द तथा सरकारले जनतासामु माफी नमागे आन्दोलन गर्ने राष्ट्रिय युवा संघ नेपालले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर