पाकिस्तानमा आमनिर्वाचन पर सार्ने प्रस्ताव पारित
काठमाडौँ । आर्थिक र राजनीतिक अस्थिरताको सामना गरिरहेको पाकिस्तानमा आम निर्वाचनको अनिश्चितता बढेको छ । त्यहाँको सिनेटले शुक्रवार आमनिर्वाचन पर सार्ने प्रस्ताव पारित गरेको हो ।
योसँगै यसै वर्षको फेब्रुअरी ८ तारिखमा तय भएको चुनाव संशयमा परेको हो । सिनेटले प्रस्तावलाई अनुमोदन गर्दा चिसो मौसम र सुरक्षा चिन्ताहरू उल्लेख गरिएको छ । यो प्रस्ताव सिनेटर दिलावर थानले प्रस्तुत गरेका थिए । जसलाई पाकिस्तानको संसद्को माथिल्लो सदनमा ठुलो समर्थन प्राप्त भएको छ ।
उनले सदनमा यो प्रस्ताव पेस गर्दा १४ सांसद मात्रै उपस्थित थिए । तर, सूचना मन्त्री मुर्तजा सोलाङ्गी र तीन पटक प्रधानमन्त्री बनेका नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) पार्टीले यस कदमको विरोध गरेका छन् ।
आफ्नो प्रस्तावमा दिलावर खानले यतिबेला देशका अधिकांश क्षेत्रमा अत्यधिक चिसो बढ्दै गएकाले ती क्षेत्रमा निर्वाचन गर्न नसकिने दाबी गरेका छन् । यसका साथै उनले सुरक्षा सम्बन्धी चिन्तालाई पनि जोड दिए । उनले शान्ति सुरक्षाको अवस्था राम्रो नभएको बताए । राजनीतिज्ञलाई निशाना बनाइएको र बलुचिस्तान र खैबर पख्तुनख्वा (प्रान्त) मा पनि सुरक्षा बलमाथि आक्रमण भइरहेको उल्लेख गरे ।
गुप्तचर निकायले चुनावी प्रचारका क्रममा खतराको चेतावनी समेत दिएको उनले बताए । यस्तो अवस्थामा निर्वाचन हुन नसक्ने भएकाले निर्वाचन आयोगले निर्वाचन स्थगन गर्ने प्रक्रिया अघि बढाउनुपर्छ ।
सिनेटको यो कदमले देशमा राजनीतिक र आर्थिक अस्थिरता बढाउने अपेक्षा गरिएको छ । यस कदमको प्रभाव पाकिस्तान स्टक एक्सचेन्जमा पनि देखिएको छ ।
सिनेटको यो निर्णयको जानकारी सार्वजनिक हुने बित्तिकै पाकिस्तानको शेयर बजारमा ८०० अङ्कभन्दा बढीको गिरावट देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण