बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन प्रवर्द्धनका लागि गुम्बा डाँडामा नगरसभा

शनिबार, २१ पुस २०८०, १४ : ०९
शनिबार, २१ पुस २०८०

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आफ्नो नगर सभा पर्यटन क्षेत्रमा आयोजना गरेको छ । शनिवार आयोजित उपमहानगरपालिकाको १४ औँ नगर सभा हेटौँडा–१८ स्थित पर्यटकीय क्षेत्र गुम्बा डाँडामा गरिएको छ ।

स्थानीय स्तरका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि उपमहानगरपालिकाले पहिलोपटक बजार क्षेत्रभन्दा बाहिर नगर सभा आयोजना गरेको हो । कार्यपालिका सदस्य एवम् नगर सभाका ९७ जना सदस्यसहित उपमहानगरपालिकाका कर्मचारीहरू र मेयर मीनाकुमारी लामा तथा उपमेयर राजेश बानियाँको उपस्थितिमा सभा सञ्चालन भइरहेको छ । हेटौँडा वडा नम्बर–१८ को कार्यालयको व्यवस्थापनमा नगर सभा सञ्चालन गरिएको हो ।

hetauda (2)

खुल्ला मैदानमा टेन्ट राखेर सभा सञ्चालन गरिएको छ भने उपस्थित सम्पूर्णका लागि खाजा तथा खानाको प्रबन्ध सभास्थलमा नै गरिएको छ । नगर सभाले उपमहानगरपालिकाको चालू आर्थिक वर्षको बजेट कार्यक्रम संशोधन प्रस्ताव पेश गर्ने कार्य सूची रहेको जनाइएको छ । ढुङ्गा मूर्तिले सजिएको हेटौँडा–१८ हर्नामाडीस्थित गुम्बा डाँडा सामुदायिक वनमा निर्माणाधीन मूर्ति पार्क पर्यटकीय गन्तव्यको रूपमा रहेको छ ।

६ देशका २३ कलाकारले ढुङ्गामा कुँदेका  मूर्तिका २३ कलाकृति पार्कमा राखिएको छ । पार्कको पश्चिमतर्फ २५ फिट अग्लो ढुङ्गाको बुद्धको प्रतिमा समेत गरेको छ । हेटौँडाबाट नजिकको पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि उपमहानगरपालिकाले नगर सभा आयोजना गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप