पर्यटन प्रवर्द्धनका लागि गुम्बा डाँडामा नगरसभा
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आफ्नो नगर सभा पर्यटन क्षेत्रमा आयोजना गरेको छ । शनिवार आयोजित उपमहानगरपालिकाको १४ औँ नगर सभा हेटौँडा–१८ स्थित पर्यटकीय क्षेत्र गुम्बा डाँडामा गरिएको छ ।
स्थानीय स्तरका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि उपमहानगरपालिकाले पहिलोपटक बजार क्षेत्रभन्दा बाहिर नगर सभा आयोजना गरेको हो । कार्यपालिका सदस्य एवम् नगर सभाका ९७ जना सदस्यसहित उपमहानगरपालिकाका कर्मचारीहरू र मेयर मीनाकुमारी लामा तथा उपमेयर राजेश बानियाँको उपस्थितिमा सभा सञ्चालन भइरहेको छ । हेटौँडा वडा नम्बर–१८ को कार्यालयको व्यवस्थापनमा नगर सभा सञ्चालन गरिएको हो ।
_Szs6IWU2rw.jpg)
खुल्ला मैदानमा टेन्ट राखेर सभा सञ्चालन गरिएको छ भने उपस्थित सम्पूर्णका लागि खाजा तथा खानाको प्रबन्ध सभास्थलमा नै गरिएको छ । नगर सभाले उपमहानगरपालिकाको चालू आर्थिक वर्षको बजेट कार्यक्रम संशोधन प्रस्ताव पेश गर्ने कार्य सूची रहेको जनाइएको छ । ढुङ्गा मूर्तिले सजिएको हेटौँडा–१८ हर्नामाडीस्थित गुम्बा डाँडा सामुदायिक वनमा निर्माणाधीन मूर्ति पार्क पर्यटकीय गन्तव्यको रूपमा रहेको छ ।
६ देशका २३ कलाकारले ढुङ्गामा कुँदेका मूर्तिका २३ कलाकृति पार्कमा राखिएको छ । पार्कको पश्चिमतर्फ २५ फिट अग्लो ढुङ्गाको बुद्धको प्रतिमा समेत गरेको छ । हेटौँडाबाट नजिकको पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि उपमहानगरपालिकाले नगर सभा आयोजना गरेको जनाएको छ ।
_zaNlbmY0Hv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण