सडक पूर्वाधार विकासको पहिलो आधार हो : प्रमुख दाहाल
भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकासको पहिलो आधार सडक भएकाले सडकलाई प्राथमिकता दिएको बताएकी छन् । शनिबार नेपाल रेडक्रस सोसाईटी गीतानगर उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमुख दाहालले सडक पूर्वाधार निर्माण भएपछि मात्रै जनताको जीवनस्तर सुधार गर्न सडक पूर्वाधारको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरेकी हुन् ।
प्रमुख दाहालले भरतपुरको विकास यतिकै नभएको बताउँदै उनले जनप्रतिनिधिको सक्रिय पहल र आमजनताको इच्छा चाहानाले मात्र भरतपुरको विकास सम्भव भएको प्रष्ट पारिन् । ‘बजेट सजिलै आउँदैन,’ उनले भनिन्, ‘एक पटक गएर हुँदैन। पटक पटकको पहल, सक्रियताले बजेट आउँछ । हिजोको दिनमा १० लाखको बजेट ल्याउन गाउँबाट डेलिगेसन जानुपर्ने अवस्था थियो।’
प्रमुख दाहालले नेपाल रेडक्रस सोसाईटी गीतानगर उपशाखाले मानविय, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पुराएको अतुल्नीय योगदानको उच्च कदर गरिन् । उनले गीतानगर उपशाखाको भवन निर्माणका लागि जग्गादाता जयलाल पौडेलले पुर्याएको योगदान र भवन निर्माण गर्ने स्थानीय दानवीरलाई धन्यवाद व्यक्त गरिन् । भरतपुर महानगरपालिका, स्थानीय चन्दादाताको सहयोगमा रु १४ लाख ८३ हजार भवन निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण