राष्ट्रिय सभा निर्वाचन : साना दलले राखे आफ्नो माग

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न गठबन्धन दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकमा भागबन्डाबारे प्रारम्भिक छलफल भए पनि निष्कर्षमा भने नपुगेको हो ।
बैठकमा राष्ट्रिय सभा निर्वाचनबारे सैद्धान्तिक विषयमा मात्र छलफल भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले राष्ट्रिय सभा निर्वाचनमा सबैलाई समेटेर जाने सोच छ भन्नुभयो । तर, के कसरी समेट्ने भन्ने खाका प्रस्तुत भने भएन ।’
बैठकबाट साना दल बाहिरिए पनि शीर्ष दलका नेताहरु अझै छलफलमा रहेका छन् । गठबन्धन दलको बैठकअघि पनि शनिबार अपरान्ह गठबन्धनमा सहभागी शीर्ष तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको छुट्टै बैठक बसेको थियो ।
यता लोसपाका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आजको बैठकमा साना दलहरुले आ-आफ्नो माग सुनाएको रातोपाटीलाई जानकारी दिए । उनका अनुसार लोसपाले राष्ट्रिय सभामा एक तथा जसपाले दुई सिटको दाबी प्रस्तुत गरेको छ । तीन दलको बैठकले आजकै भागबन्डाबारे टुंगो लगाएर आफूहरुलाई खबर गर्ने बताएको भण्डारीले जानकारी दिए ।
यसअघि बिहान बसेको गठबन्धनको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न नसकिने निष्कर्ष निकालेको थियो । योसँगै राष्ट्रिय सभामा रिक्त रहेका सिटहरू गठबन्धन दलहरूबिच नै भागबन्डा गर्ने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन गर्नुपर्छ : अध्यक्ष सिंह
-
यूएईको सम्पूर्ण टोली ‘रिटायर आउट’
-
बागमतीमा आइतबारबाट युवा सम्मेलन
-
भारत–पाकिस्तान संघर्ष चीनका लागि कसरी अवसर बन्दै थियो ?
-
भारत र पाकिस्तानबिचको सैन्य कारबाही रोक्ने निर्णय आपसी सहमतिकै आधारमा भएको दाबी
-
भारत र पाकिस्तानबिच एक तटस्थ स्थानमा वार्ता सुरु गर्ने सहमति