नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सम्पन्न, यस्ता छन् ८ निर्णय
काठमाडौँ । नेपाल–भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको ११ औं बैठक चितवनको मेघौलीमा सम्पन्न भएको छ । ऊर्जा सचिव गोपालप्रसाद सिग्देल तथा भारतका ऊर्जा सचिव पंकज अग्रवालको सहभागितामा मेघौलीमा बैठक सम्पन्न भएको हो ।
बैठकले नेपाल–भारतबिचको मौजुदा विद्युत् प्रसारण लाइनहरु, निर्माणाधीन तथा प्रस्तावित अन्तर्देशीय प्रसारण लाइन, भारतीय लगानीका आयोजना तथा सम्बद्ध प्रसारण लाइन लगायतका विषयमा छलफल गरेको छ । यस्तै, बैठकले विभिन्न ८ वटा निर्णयसमेत गरेको छ । जसले नेपालको जलविद्युतलाई भारतीय बजार उपलब्ध गराउन चाहिने आवश्यक पूर्वाधार बनाउन सहजीकरण गर्नेछ ।
बैठकले ढल्केबर सबस्टेशनमा आवश्यक पूर्वाधार निर्माण भएपछि हाल सञ्चालन रहेको पहिलो अन्तर्देशीय ढल्केबर–मुजफ्फुपुर ४०० केभी प्रसारण लाइनबाट हुने विद्युत् आयात–निर्यातको परिणाम ८०० मेगावाटभन्दा बढी पुर्याउन अध्ययन गर्ने निर्णय भएको छ ।
यस्तै, अरुण तेस्रो आयोजनाद्वारा निर्माण भइरहेको ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनबाट आदान–प्रदान गर्न सकिने बारे अध्ययन गर्ने निर्णय समेत भएको छ ।
यस्ता छन् निर्णय –
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण