भारतले कहिले लञ्च गर्दैछ गगनयान ?
नयाँ दिल्ली । भारतले अन्तरिक्षमा मानवलाई पठाउँदै छ । गगनयान नाम दिइएको यो मिसन २०२५ को पहिलो अर्धवार्षिक अवधिमा लञ्च गरिने आशा गरिएको छ । भारतको केन्द्रीय विज्ञान तथा प्रौद्योगिक राज्यमन्त्री जितेन्द्र सिंहले यस्तो बताएका हुन् ।
यो मिशनलाई भारत स्वतन्त्र भएको ७५ वर्ष पूरा भएको अवसरमा लञ्च गर्ने योजना थियो । समाचार एजेन्सी पीटीआईसँग कुराकानी गर्ने क्रममा सिंहले भारतले सन् २०२० को डिसेम्बरमा गगनयान लञ्च गर्ने योजना बनाएको भए पनि कोरोना भाइरसको महामारीका कारण मिसन बारम्बार पछाडि धकेलिएको बताए ।
अब इसरोले आफ्नो सारा ध्यान गगनयानमा लगाउने इसरोका प्रमुख सोमनाथ बताएका थिए । भारतले गएको वर्ष चन्द्रमामा चन्द्रयान पठाएको थियो । चन्द्रयानलाई सिंहले निकै ठुलो उपलब्धि बताएका छन् ।
सन् १९६९ मा अमेरिकाले चन्द्रामामा मान्छे पठाउँदा भारतको अन्तरिक्ष अन्वेषण संस्था इसरो भर्खरै स्थापना भएको थियो । १९६९ को इतिहास हेर्ने हो भने इसरोको नाम कतै पनि सुनिदैंन । तर अहिले त्यही इसरोले भारतलाई चन्द्रमाको दक्षिणी धुव्रमा पहिलो देश बनाइदिएको सिंहले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण