अभिनेता सम्राटले ल्याए ‘हल्दारसा’प की छोरी’
काठमाडौंँ । अभिनेता सम्राट सापकोटा गायकको रुपमा देखिएका छन् । उनको गायन रहेको गीत ‘हल्दारसा’प की छोरी’ सार्वजनिक भएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह, निर्देशक भुषण दाहाल, पुराना अभिनेता लोकेन्द्र कार्की लगायतले संयुक्त रुपमा सार्वजनिक गरे ।
राजेश गुरुङ ‘रहर’को शब्द रहेको गीतमा संगीत पनि सापकोटा आफैले दिएका छन् । गीतको भिडियोमा उनको अलवा साक्षी लम्साल, नारायण प्रधान, हरिकृष्ण लामा, कृष्ण श्रेष्ठ लगायतको अभिनय अभिनय छ ।
कृष्ण श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, शंकर पाण्डे निर्माण नियन्त्रक रहेको गीतको भिडियो पनि कलाकार सापकोटा आफैले निर्देशक गरेका हुन् ।
कार्यक्रममा सापकोटाले कलाकारिताको अनेक विधामा क्रियासिल रहिरहदा गायनमा लाग्ने रहर थियो । त्यो रहर ‘हल्दारसाप की छोरी’ मार्फत पुरा गरेको बताए । उनले गायन अनुभव एकदमै स्मरणिय रहेको सुनाउदै आगामी दिनमा पनि अभिनयको अलवा गायनलाई पनि निरन्तरता दिने बताए ।
वरिष्ठ कलाकार नीर शाहले सापकोटाको अभिनय जस्तै गायन पनि राम्रो भएको बताए । उनले सापकोटामा भएको धेरै प्रतिभा देख्दा आफु प्रभावित भएको बताए । निर्देशक दाहाल, अभिनेता कार्की लगातले गीतको सफलताको लागि शुभकामना दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण