फिल्म ‘जवान’का अभिनेता सांगे काठमाडौँमा
आइतबार, २२ पुस २०८०, १४ : ०७
काठमाडौँ । शाहरुख खान अभिनित फिल्म ‘जवान’ अभिनेता सांगे सेल्ट्रिम अहिले काठमाडौँमा छन् । अभिनेता प्रदीप खड्काको निमन्त्रणामा उनी शनिवार काठमाडौँ आएका हुन् ।
तीन दिने भ्रमणमा नेपाल आएका उनको भ्रमणको उद्देश्य प्रदीपको मुख्य भूमिका रहने फिल्म ‘ऐरी’ अभिनयका लागि छलफल गर्न, काठमाडौँ घुम्ने र भुटानको ओटीटी एप सांग्रिलामा नेपाली कन्टेन्टको बजार बिस्तार रहेको बताइन्छ ।
‘सांगेको नेपाल भ्रमणको उद्देश्य घुमघाम र छलफल मात्र हो’, अभिनेता प्रदीपले भने–‘अभिनय लगायत केही विषयमा छलफल त भएको छ । एग्रिमेन्ट भने भएको छैन ।’ केही सातापछि फिल्मको एग्रिमेन्ट पनि हुने र सार्वजनिक पनि गर्ने प्रदीपको भनाई रहेको छ ।
शनिवार ठमेल घुमेका सांगे चन्द्रागिरि पनि पुग्नेछन् भने सोमबार भारत फर्किनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण