१६ औं पञ्चवर्षीय योजनामा सांसदहरुले दिएका सुझाव समेट्न अर्थ समितिको निर्देशन
काठमाडौँ । सांसदहरुले दिएका सुझाव आगामी १६ औं पञ्चवर्षीय योजनामा समेट्न अर्थ समितिले राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ । आइतवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकपश्चात समिति सभापति सन्तोष चालिसेले योजना आयोगलाई यस्तो निर्देशन दिएका हुन् ।
उनले राष्ट्रिय योजना आयोगले बनाउने हरेक योजना स्रोत सुनिश्चिताका आधारमा बनाउन आवश्यक रहेको समेत बताए । उनले स्रोत सुनिश्चिता भएमात्रै योजना बनाउनुपर्ने उल्लेख गरे । उनले भने, ‘राष्ट्रिय योजना आयोगले सांसदहरुले दिएका सुझावलाई आगामी १६ औं पञ्चवर्षीय योजनामा समेट्नको लागि निर्देशन गदर्छु । आयोजले योजना बनाउँदा पैसाको कुरा आउँछ । पैसा भएमात्रै योजना बनाउने हो पैसा नभए के योजना बनाउने हो ।’
उनले मुलुक खाद्यान्नमा आत्मनिर्भर बनाउने भनिरहँदा ५ अर्बको चामल खरिद भइरहेको बताए । उनले मुलुक खाद्यान्नमा आत्मनिर्भर बनाउनको लागि उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै यस्तो विषयलाई १६ औं योजनामा समावेश गर्नुपर्ने बताए ।
‘आज ५ अर्बको चामल किनेर खाइरहँदा मुलुक खाद्यान्नमा आत्मनिर्भर नभएसम्म मुलुकमा भइरहेका उत्पादनलाई प्रोत्साहन दिएर निर्यात नबढाएसम्म आर्थिक विकास हुने भएकाले यस्तो विषयलाई १६ औं योजनामा समावेश गर्न आवश्यक’ छ उनले भने- असाध्यै राम्रा कुराहरुमा सांसदहरुबाट सुझावहरु आएका छन् । ती सुझावलाई समावेश गरेर आगामी योजना तर्जुमा होस् । यसमा हामी सबै जिम्मेवार छौं ।’
उनले समितिमा सांसदहरुले दिएका सुझावलाई समावेश गरेर आगामी १६ औं योजना तर्जुमा गर्न निर्देशन समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण