राप्रपाले टुंग्यायो सबै प्रदेशमा उम्मेदवार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार सार्वजनिक गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुुसार कोशी प्रदेशमा उद्धब पौडेल, बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवारका रुपमा अघि सारिएको छ ।
यस्तै गण्डकीमा गौमाया श्रेष्ठ र रोमबहादुर भण्डारी तथा लुम्बिनीमा निरञ्जन थापा र बिजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
यसैगरी मधेश प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा पनि राप्रपाले उमेदवार टुंगो लगाइएको छ ।
कर्णालीमा बबिता शाही,लक्ष्मी कुमारी सार्की,लाल बहादुर शाहीको नाम टुंगो लाग्दा सुदूरपश्चिममा रोम जंग स्वार,जनक कुमारी कुँवर र जय कृष्ण वोहरा तथा सुमेश्वर उपाध्याय र तारा सुनारको नाम टुंगो लागेको छ ।
राप्रपाले सत्ता गठबन्धनबाट भाग खोजेको भएपनि कुनै सुनुवाइ नभएपछि आफ्नै ढंगले उम्मेदवार तय गरेको हो ।
यसैबीच राप्रपा वाग्मती प्रदेश सभा कार्यसमितिले पार्टीका पूर्व अध्यक्ष डा प्रकाशचन्द्र लोहनीलाई सर्वसम्मत सिफारिस गरे पनि उनले उम्मेदवार नबन्ने भन्दै सिफारिसका लागि धन्यवाद दिएका छन् ।
पार्टीको तर्फबाट जो उम्मेदवार वने पनि आफूले पूरा साथ,सहयोग तथा समर्थन गर्ने बताएको केन्द्रीय सदस्य जनकराज पाठकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण