‘तिमी हुन्छौ जहाँ जहाँ’कोे यस्तो छ पहिलो गीत
बुधबार, २८ चैत २०७४, १५ : ०३
काठमाडौं – विकास बस्यालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको ‘तिम्रो हर सासमा तिमी’ बोलको गीत सार्वजनिक गरिएको हो ।
अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र फिरोज बस्नेतको स्वर रहेको छ । गीतमा मनिष सुन्दर श्रेष्ठ र मलिना जोशी देखिएका छन् ।
चलचित्रमा मनिष र मलिनाको अलवा वर्षा सिवाकोटी र स्वरूप पुरुस ढकाल लगायत अन्य कलाकारको अभिनय रहेको चलचित्र अहिले पोस्टप्रोडक्सनमा रहेको छ ।
८ असारबाट प्रदर्शन हुने चलचित्रका मदन दवाडी, हरि प्रसाद अधिकारी र डाल चन्द्र दवाडी निर्माता रहेका छन् । प्रकाश बास्कोटा कार्यकारी निर्माता रहेको चलचित्रका सहनिर्माता बिना कार्की हुन् । चलचित्र मुस्ताङ, पोखरा र काठमाडौँ लगायत स्थानमा छायाँकन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हौसिएर बजेट बनाउँदा फस्यो पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण