सुन तस्करी जाँचबुझ आयोगको म्याद २ महिना थप्ने निर्णय

काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगको म्याद २ महिना थप्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको म्याद दुई महिना थप्ने निर्णय गरेको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले रातोपाटीलाई बताए ।
असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो । ३ महिना समय पाएको आयोगले जाँचबुझ नसकिएको भन्दै म्याद थपको प्रस्ताव पठाएको थियो । आयोगको प्रस्ताव अनुसार म्याद थप भएको जानकारी आएको अध्यक्ष आचार्यले बताए ।
आयोगले ६० किलो सुन तस्करी र विद्युतीय चुरोट ‘भेप’ मार्फत गरिएको सुन तस्करीबारे जाँचबुझ गरिरहेको छ । म्याद थप भएसँगै आयोगले अर्को चरणको काम सुरु गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बुझेको तर, मुद्दा नचलाएका दुई जनासँग आयोगले बयान लिएको छ ।
भन्सार विभागमा कार्यरत उपसचिव मुक्ति श्रेष्ठ र विमानस्थल भन्सार कार्यालयमा कार्यरत अर्का उपसचिव श्रीधर टण्डनसँग आयोगका अधिकारीहरूले बयान लिएका हुन् । ब्रेक प्याडमा लुकाएर ल्याएको ६० किलो सुन विमानस्थलबाट पार हुँदा टण्डन मूल्याङ्कन शाखाका इन्चार्ज थिए ।
भन्सार एजेन्ट काठमाडौँ–३२ बस्ने ५५ वर्षीय कृष्ण कुमार श्रेष्ठसँग पनि आयोगले बयान लिँदै छ । उनी ट्रान्स ग्लोबस सर्भिस प्रालिका संचाकल हुन् । ट्रान्स ग्लोबल मार्फत रेडी ट्रेड प्रालिले हङकङबाट ब्रेक प्याडमा सुन मगाएको अनुसन्धानबाट थाहा भएको छ । श्रेष्ठ अहिले थुनामा छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोले प्रतिवादी कायम नगरेका तर, बुझेका मानिसहरूको भूमिकाबारे विश्लेषण भइरहेको आयोगका एक जना पदाधिकारीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश सर्वदलीय बैठकमा जुटेन सहमति, प्रतिपक्षले प्रदेशसभा चल्न नदिने
-
एरिका र राजन उत्कृष्ट खेलाडी, बस्नेत र मानन्धरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
-
सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ : महानगर प्रमुख महर्जन
-
कपिलवस्तुमा अवैध उत्खनन् रोक्न माग गर्दै जनमोर्चाले बुझायो ज्ञापनपत्र
-
अनामनगरबाट १० जना जुवाडे पक्राउ
-
हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा, तस्बिरमा हेर्नुहोस्