शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन

सोमबार, २३ पुस २०८०, १३ : ४४
सोमबार, २३ पुस २०८०

ताप्लेजुङ । जनता समाजवादी पार्टी (जसपा) नेपालको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन भएको छ । ताप्लेजुङको फुङ्लिङमा आयोजित भेलाबाट कृतिमान मादेनको अध्यक्षतामा ३१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा भक्त येङ्देन, भरत गुरुङ सचिवमा श्री लिङ्खिम उपसचिव अरुण लेछर्वी, सरोज कङ्लिवा रहेको पार्टीको प्रचार विभागले जानकारी गराएको छ । पार्टीका केन्द्रीय सदस्य मचिन्द्र बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेशका उपाध्यक्ष प्रेम वनेम लिम्बुवान राष्ट्रिय समितीका अध्यक्ष जेन्टल लावतीलगायत उपस्थित रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप