भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा. महतले देखाए लगानीका चार क्षेत्र
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले नेपालमा मुख्यगरी लगानीका चार क्षेत्र रहेको बताएका छन् । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरममा सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले चार क्षेत्र लगानीका लागि उत्कृष्ट रहेको बताएका हुन् ।
उनले जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका उत्कृष्ट गन्तव्य हुन सक्ने बताए । यी क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल पाइने भएपनि यी क्षेत्रमा मात्रै लगानी गर्न प्रोत्साहन नगर्ने बताए । ‘यी चार क्षेत्र लगानीका मुख्य आकर्षण रहेको छ,’ उनले भने, ‘यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत क्षेत्रमा पनि लगानी गर्न सकिन्छ ।’
यस्तै, नेपालको ५० प्रतिशतभन्दा धेरै क्षेत्रफल उच्च पहाडी क्षेत्र अन्तर्गत पर्छ भने २० प्रतिशत क्षेत्रफल समथर भूभाग छ । यसबाहेक बाँकी क्षेत्र हिमालय पर्ने अर्थमन्त्रीको भनाई छ । यी क्षेत्रमा लगानी गरेर आफ्नो अन्य साथीलाई समेत नेपालबारे जानकारी दिन अर्थमन्त्रीको भनाई छ ।
नेपालबारे अस्थिर राजनीतिक व्यवस्था रहेको गलत प्रचार भइरहेकोमा आपत्ति जनाउँदै नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको अर्थमन्त्री डा. महतको भनाई छ । यस्तै, नेपाल दक्षिण एसियाकै उत्कृष्ट लगानी गन्तव्य बन्न सक्ने उनको भनाई छ । आगामी दिनमा व्यवसायीक वातावरण थप मजबुत बन्ने भन्दै उनले नेपाल–भारत व्यवसायीक समिटमा सहभागी सबै भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरे ।
यस्तै, यही वैशाखमा लगानी सम्मेलनको आयोजना गर्न लागेको स्मरण गराउँदै अर्थमन्त्री डा. महतले त्योअघि लगानीसम्बन्धी सम्पूर्ण कानुन, नीति तथा नियम सुधार गर्ने समेत बताए । सोहीकारण लगानी सम्मेलनसम्ममा विदेशी लगानीकर्ताले नेपालको लगानी सम्भाव्यताबारे जानकारी लिन उनको आग्रह छ । भारतको तुलनामा नेपालमा जनसंख्या पनि सानो रहेपनि अन्य देशको तुलनामा न्यून नरहेको समेत अर्थमन्त्रीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण