बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

गोल्डेन ग्लोब्समा ओपेनहाइमरको वर्चश्व

सोमबार, २३ पुस २०८०, १४ : ३८
सोमबार, २३ पुस २०८०

काठमाडौँ । प्रसिद्ध निर्देशक क्रिस्टोफर नोलनको फिल्म ‘ओपेनहाइमर’ ले ८१ औँ गोल्डेन ग्लोब्समा उत्कृष्ट चलचित्रसहित ५ अवार्ड जितेको छ । मार्गोट रोबी स्टारर फिल्म ‘बार्बी’ले सिनेमेटिक र बक्स अफिस अचिभमेन्ट अवार्ड जितेको छ ।

_132226737_crgettyimages-1908169612.jpg

समारोहमा अभिनेता किलियन मर्फीले फिल्म ‘ओपेनहाइमर’का लागि उत्कृष्ट अभिनेता (ड्रामा) विधामा अवार्ड जिते । चलचित्र ‘किलर्स अफ द फ्लावर मुन’ बाट अभिनेत्री लिली ग्लाडस्टोनलाई उत्कृष्ट अभिनेत्री (ड्रामा) अवार्ड दिइयो । गोल्डेन ग्लोब्स २०२४ मा, बार्बीले ९ विधामा र ओपेनहाइमरले ८ विधामा सबैभन्दा बढी नामाङ्कन प्राप्त गरे। ‘द होल्डओभर्स’ र ‘पुअर थिंग्स’ जस्ता फिल्मले पनि समारोहमा धेरै प्रशंसा पाएका थिए ।

_132226439_crgettyimages-1908166829.jpg

चलचित्र ‘पुअर थिङ्स’ उत्कृष्ट चलचित्र – म्युजिकल/कमेडी विधामा विजयी भयो । चलचित्रकी मुख्य अभिनेत्री एम्मा स्टोनले चलचित्रका लागि म्युजिकल/कमेडी विधामा उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरिन् । फिल्ममा एम्माले बेलाको भूमिका निभाएकी छिन् । यो उनको करियरको दोस्रो गोल्डेन ग्लोब हो।

_132226442_crgettyimages-1908168101.jpg

‘सक्सेशन’ ले टिभी सिरिज ड्रामा विधामा सबैभन्दा बढी ४ अवार्ड जितेको छ । शोको चौथो र अन्तिम सिजनले उत्कृष्ट नाटकको अवार्ड प्राप्त गर्‍यो । यसअघि सन् २०२० मा दोस्रो सिजन र २०२२ मा तेस्रो सिजनले पनि उत्कृष्ट नाटक विधामा गोल्डेन ग्लोब अवार्ड जितेको थियो ।

अवार्ड समारोह अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलसस्थित बेभर्ली हिल्टन होटलमा आयोजना गरिएको थियो । निकोलस केज, मार्गोट रोबी, लियोनार्डो डिक्याप्रियो, मेरिल स्ट्रिप, फ्लोरेन्स पग, एन्जेला बासेट, टेलर स्विफ्ट, दुआ लिपा लगायत धेरै ठुला सेलिब्रेटीहरू कार्यक्रममा उपस्थित थिए।

  • सर्वोत्कृष्ट चलचित्र (ड्रामा) - ओपेनहाइमर
  • उत्कृष्ट अभिनेता (ड्रामा) - किलियन मर्फी, 'ओपेनहाइमर'
  • उत्कृष्ट अभिनेत्री (ड्रामा) - लिली ग्लाडस्टोन, 'किलर अफ द फ्लावर मुन'
  • सर्वोत्कृष्ट निर्देशक (ड्रामा) – क्रिस्टोफर नोलन, ‘ओपेनहाइमर’
  • उत्कृष्ट सहायक अभिनेता (ड्रामा) - रोबर्ट डाउनी जूनियर, 'ओपेनहाइमर'
  • उत्कृष्ट सहअभिनेत्री (ड्रामा) - डिभाइ जोय रान्डोल्फ, 'द होल्डओभर्स'
  • उत्कृष्ट चलचित्र ( म्युजिकल वा कमेडी) - पुअर थिंग्स
  • सर्वोत्कृष्ट अभिनेता ( म्युजिकल वा कमेडी) - पल जियामाट्टी, 'द होल्डओभर्स'
  • उत्कृष्ट अभिनेत्री (म्युजिकल वा कमेडी) - एम्मा स्टोन, 'पुअर थिंग्स'
  • उत्कृष्ट (टिभी सिरिज ड्रामा) – सक्सेशन
  • सर्वोत्कृष्ट अभिनेता (टिभी सिरिज ड्रामा) - किरन कल्किन, 'सक्सेशन'
  • उत्कृष्ट अभिनेत्री (टिभी सिरिज ड्रामा) - सारा स्नूक, 'सक्सेशन'
  • सर्वोत्कृष्ट सहायक अभिनेता (टिभी सिरिज ड्रामा) - म्याथ्यू म्याकफ्याडियन, 'सक्सेशन'
  • सर्वश्रेष्ठ सहायक अभिनेत्री (टिभी सिरिज ड्रामा) - एलिजाबेथ डेबिकी, 'द क्राउन'
  • उत्कृष्ट टिभी शृङ्खला (म्युजिकल वा कमेडी) - द बियर
  • उत्कृष्ट अभिनेत्री टिभी शृङ्खला (म्युजिकल वा कमेडी) - अयो अदेबिरी, 'द बियर'
  • सर्वश्रेष्ठ ( लिमिटिड सीरीज) - बीफ
  • सर्वोत्कृष्ट अभिनेता ( लिमिटिड सीरीज ) - स्टीभन यून, 'बीफ'
  • सर्वोत्कृष्ट अभिनेत्री ( लिमिटिड सीरीज ) - एली वोंग, 'बीफ'
  • सिनेमाई र बक्स अफिस उपलब्धि - बार्बी
  • सर्वोत्कृष्ट मौलिक गीत- ह्वाट वाज आइ मेड फर ?, बार्बी
  • उत्कृष्ट मौलिक स्कोर – लुडविग गोरान्सन ‘ओपेनहाइमर’
  • सर्वोत्कृष्ट एनिमेटेड फिल्म- द ब्वाई एन्ड द हिरोइन
  • सर्वोत्कृष्ट गैर-अङ्ग्रेजी चलचित्र- एनाटमी अफ अ फल
  • उत्कृष्ट प्रदर्शन स्ट्यान्ड अप कमेडी टिभी - रिकी गेर्भेस, 'रिकी गेर्भेस: आर्मागेडन'
  • उत्कृष्ट पटकथा – जस्टिन ट्राइट र आर्थर हरारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप