मानव अधिकार आयोग अगाडि पत्र च्यातेर विरोध प्रदर्शन
काठमाडौँ । आरती साह संघर्ष समितिले मानव अधिकार आयोग अगाडि विरोध प्रदर्शन गरेको छ । आरती शाहका लागि न्याय माग्दै आयोग पुगेको समितिको ध्यानाकर्षण पत्र आयोगले लिन नमानेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
साहको न्यायको लागि लड्दै आएका आफन्तहरू आज २०७ दिन आइपुग्दा पनि न्याय पाउन सकेका छैनन् । साहका आफन्तसँगै समर्थनमा आएका प्रदर्शनकारीहरूले पत्र च्यातेर विरोध प्रदर्शन गरेका छन् । ललितपुरको पुलचोकस्थित आयोगको अगाडि केही बेर बसेर विरोध जनाएका थिए ।

धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीय आरती साहको मृत्यु भएको थियो । उनको दाइजोका कारण हत्या गरिएको माइतीपक्षको आरोप छ ।
आरती साहको माइती पक्ष विगत केही दिन यता न्यायको माग गर्दै जनकपुरधाम र काठमाडौँ दुवै ठाउँमा विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण