मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मानव अधिकार आयोग अगाडि पत्र च्यातेर विरोध प्रदर्शन

सोमबार, २३ पुस २०८०, १६ : ०३
सोमबार, २३ पुस २०८०

काठमाडौँ । आरती साह संघर्ष समितिले मानव अधिकार आयोग अगाडि विरोध प्रदर्शन गरेको छ । आरती शाहका लागि न्याय माग्दै आयोग पुगेको समितिको ध्यानाकर्षण पत्र आयोगले लिन नमानेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

साहको न्यायको लागि लड्दै आएका आफन्तहरू आज २०७ दिन आइपुग्दा पनि न्याय पाउन सकेका छैनन् । साहका आफन्तसँगै समर्थनमा आएका प्रदर्शनकारीहरूले पत्र च्यातेर विरोध प्रदर्शन गरेका छन् । ललितपुरको पुलचोकस्थित आयोगको अगाडि केही बेर बसेर विरोध जनाएका थिए ।

arati shah protest

धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीय आरती साहको मृत्यु भएको थियो । उनको दाइजोका कारण हत्या गरिएको माइतीपक्षको आरोप छ । 

आरती साहको माइती पक्ष विगत केही दिन यता न्यायको माग गर्दै जनकपुरधाम र काठमाडौँ दुवै ठाउँमा विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप