बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मंगलबारदेखि सुजुकी विन्टर फ्री सर्भिस सुरु हुने

सोमबार, २३ पुस २०८०, १७ : ५१
सोमबार, २३ पुस २०८०

काठमाडौँ । मंगलबार अर्थात् पुस २४ गतेदेखि सुजुकी विन्टर फ्री सर्भिस सुरु हुने भएको छ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता  तथा सीजी होल्डिङस्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले पुस २४  देखि २६  गतेसम्म विन्टर फ्री  सर्भिस क्याम्पको आयोजना गर्ने भएको हो । 

जाडो मौसममा चिसोका कारण सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोलेसोलाई ध्यान पुराउन र सुरक्षा नीति अपनाउन सहयोग पु¥याउने उद्देश्यले सर्भिस क्याम्पको आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । खासगरी सुजुकी ग्राहकलाई यो विषयमा जानकारी गराउन र गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन गर्न लागिएको कम्पनीले जनाएको छ ।  

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ‘लक्की ड्र’मार्फत वर्ष भरीको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज समेत प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसीर हिटर  चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनुहुनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ग्राहकले ५० प्रतिशत छुट  पाउनेछन् । यसैगरी सवारी पाट्र्स र एसोसरिजमा १० प्रतिशत छुट पाउनुका साथै लेवर चार्जमा पनि २० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ । 

सुजुकीको विन्टरसर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप