आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभा निर्वाचन : कर्णाली प्रदेशमा गठबन्धनको मतभार एमालेभन्दा तीन गुणा बढी

कुन दलको मतभार सङ्ख्या कति ?
सोमबार, २३ पुस २०८०, १८ : ५६
सोमबार, २३ पुस २०८०

सुर्खेत । अङ्कगणितको आधारमा राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूको जित सुनिश्चित देखिएको छ । माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत कर्णालीमा तीनवटा सिटका लागि निर्वाचन हुँदैछ । 

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम)अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका हुन् । 

दलहरूको मतभार सङ्ख्यालाई आङ्कलन गर्दा सत्तारुढ गठबन्धनको एमालेको भन्दा तीन गुणाले बढी छ । यो हिसाबमा गठबन्धनको जित सुनिश्चित जस्तै छ ।

कर्णालीमा ४० जना प्रदेश सभा सदस्य र ७९ वटा पालिकाका १५६ जना प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षले मतदान गर्ने छन् । 

१५८ जना पालिकाका मतदाता भए पनि जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंह र दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको निधन भएकाले मतदान गर्ने पालिकाका जनप्रतिनिधिको सङ्ख्या १५६ कायम रहेको छ । 

राष्ट्रिय सभा निर्वाचनका लागि पालिकाका प्रमुख÷उपप्रमुखको मतभार १९ र प्रदेश सभा सदस्यको ५३ तोकिएको छ । यो हिसाबले प्रदेश सभाका सदस्यहरूको मतभार सङ्ख्या दुई हजार १२० र पालिकाका जनप्रतिनिधिको दुई हजार ९६४ मतभार गरी जम्मा ५ हजार ८४ मतभार कायम हुन्छ । 

यो मध्ये सत्तारुढ गठबन्धनको पक्षमा तीन हजार ७७९ मतभार सङ्ख्या छ । यो भनेको एमालेको भन्दा तीन गुणाले बढी हो । एमालेको मतभार सङ्ख्या एक हजार १९५ मात्रै छ । 

  • हेर्नुहोस् दलहरूको हिसाब–किताब

जम्मा ४० सिट रहेको प्रदेश सभामा २९ मतदाता गठबन्धनसँग छन् । कांग्रेस एक्लैसँग १५ जना सदस्य रहेका छन् ।  १४ जना सदस्य रहेको कांग्रेसमा स्वतन्त्रबाट प्रदेश सभा जितेका जुम्लाका सांसद देवेन्द्र शाही कांग्रेसमै फर्किएपछि कांग्रेस सांसदको सङ्ख्या १४ पुगेको हो । प्रदेश सभामा कांग्रेस एक्लैसँग ७९५ मतभार सङ्ख्या छ । यस्तै माओवादीसँग १३ र समाजवादीका १ सांसद छन् ।  माओवादी र समाजवादीसँग क्रमशः ६८९ र ५३ मतभार सङ्ख्या छ । प्रदेश सभातर्फ तीन दलको गरी जम्मा मतभार सङ्ख्या एक हजार ५३७ रहेको छ । 

स्थानीय तहतर्फ कांग्रेसँग ५९ जना पालिकाका प्रमुख÷उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षहरू छन् । निर्वाचितमध्ये जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंह र दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको निधन भएको थियो । तर, कांग्रेसकै बागी उठेर स्वतन्त्र रूपमा निर्वाचित भएका जुम्लाको चन्दनाथ नगरपालिकाका मेयर राजुसिं कठायत र चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही कांग्रेसमै फर्किएपछि कांग्रेसको पालिकाको मतदाता सङ्ख्या ५९ नै कायम रहेको छ । पालिकातर्फ कांग्रेस एक्लैको मतभार एक हजार १२१ रहेको छ ।

यस्तै माओवादीबाट निर्वाचित पालिका प्रमुख÷ अध्यक्ष २४ र २५ जना उपप्रमुख तथा उपाध्यक्ष गरी ४९ जना रहेका छन् भने एकीकृत समाजवादीका ४ जना अध्यक्ष र ६ जना उपप्रमुख तथा उपाध्यक्ष गरी १० जना मतदाता छन् । पालिकातर्फ माओवादी र समाजवादीको क्रमशः ९३१, १९० मतभार सङ्ख्या छ । 

तीन दलको मतभार सङ्ख्या जोड्दा गठबन्धनसँग ११८ मतदाता र दुई हजार २४२ मतभार सङ्ख्या रहेको छ । यता, नेकपा एमालेसँग प्रदेश सभामा १० सांसदको ५३० मतभार र पालिकातर्फ ६६५ मतभार गरी एक हजार १९५ मात्रै मतभार सङ्ख्या रहेको छ । पालिकातर्फ एमालेका ३५ (१५ प्रमुख÷अध्यक्ष, २९ उपप्रमुख÷उपाध्यक्ष) जना प्रमुख÷उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षहरू रहेका छन् । 

प्रदेश सभामा राप्रपाको एक सिट छ । राप्रपाको ५३ मतभार लिएर चुनावमा गए पनि एमाले जितभन्दा टाढा देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप