'विद्यालय शिक्षा विधेयकमा ७० लाख अभिभावकलाई उपेक्षा गरियो'
काठमाडौँ । अभिभावकहरूले विद्यालय शिक्षा विधेयकले ७० लाख अभिभावकलाई उपेक्षा गरिएको बताएका छन्। संसद्को शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा आफ्नो धारणा राख्दै अभिभावकहरूले विधेयकमा अभिभावकहरूमाथि उपेक्षा गरिएको बताएका हुन्।
नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय शिक्षा विधेयकले देशभरका ७० लाख बढी अभिभावकलाई उपेक्षित गरिएको बताए । विधेयकमा अभिभावकहरूका विषयमा कुनै कुरा समावेश नगरिएको बताए।
अभिभावकहरूलाई उपेक्षित गरिँदा विद्यालयहरू नै धराशायी बन्दै गएको बताए। विधेयकमा विद्यार्थी भन्ने शब्द नै उल्लेख नगरिएको भन्दै आपत्ति जनाए। अभिभावक सङ्घहरूलाई राष्ट्रिय चिनारीको रूपमा विधेयकमा समावेश गर्नुपर्ने बताए।
अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरीले शिक्षामा भइरहने गलत कुरा आम अभिभावककहाँ पुर्याउने काम गर्ने तर विधेयकमा अभिभावकको अस्तित्व नै नराखिएको बताए।
राज्यले लगानी गरेको सामुदायिक विद्यालयमा कुनै साँचो नदिइएको बताए। 'हामीले संस्थागत विद्यालयको मात्रै कुरा गर्छौ । तर राज्यको धेरै लगानी रहेको सामुदायिक विद्यालयको बारेमा भने कुनै चासो हुँदैन' अध्यक्ष पुरीले भने।
गुणस्तर भनेको चिल्लो प्रमाणपत्र नभई गुणस्तरीय जीवन भएको बताउँदै त्यही आधारमा गुणस्तरीय शिक्षाको कुरामा जोड दिनुपर्ने बताए।
नेपाल राष्ट्रिय अभिभावक सङ्घका अध्यक्ष कोषबहादुर जिसीले संस्थागत रूपमा अभिभावकहरूमा पहिचान स्थापित हुनुपर्ने आफूहरूको माग रहेको बताए।
विदेशमा अध्ययनरत विद्यार्थीहरूको अभिभावक सङ्घका अध्यक्ष नवराज काफ्लेले विदेशमा कति विद्यार्थी पढिरहेको भन्ने तथ्याङ्क राख्न नसकिएको बताए।
नेपालबाट एनओसी जारी गरेका सबै विद्यार्थी विदेश जाने नगरेको भन्दै एनओसी जारी गरेकोमै नेपाली विद्यार्थी विदेशमा गएको भन्ने गरेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण