विद्यालय शिक्षा विधेयकमा अभिभावकहरुको अस्तित्वलाई स्वीकार नगरिएको भन्दै असन्तुष्टि
काठमाडौँ । प्रस्तावित विद्यालय शिक्षा विधेयकमा अभिभावकहरुको अस्तित्वलाई स्वीकार नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै अभिभावकहरुका प्रतिनिधिहरुले प्रश्तावित विद्यालय शिक्षा विधेयकमा अभिभावकहरुको अस्तित्वलाई स्वीकार नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
बैठकमा बोल्दै अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विधेयकमा अभिभावकको प्रतिनिधित्व गर्ने संस्थालाई पनि ठाउँ दिनुपर्ने बताए । उनले विधेयकमा अभिभावक संघलाई समेट्ने संरचनाको पनि ठाउँ हुनुपर्ने बताए । उनले विधेयकमा प्राविधिक शिक्षा सिटिइभिटीको बारेमा एक शब्द पनि खर्च नगरिएको भन्दै सिटिइभिटीलाई पनि सम्बोधन हुनुपर्ने बताए ।
बैठकमा बोल्दै अभिभावक महासंघका अर्का प्रतिनिधि केशव पुरीले विधेयकमा अभिभावक भन्ने शब्द कतै नआएको भन्दै आपत्ति जनाए । उनले अभिभावकहरुको कुनै माग नभएको भन्दै शिक्षामा भएका गलत कुराहरुलाई औँल्याएर राज्यलाई सल्लाह दिने अवस्था बन्नुपर्ने बताए । उनले सरकारी विद्यालयमा राज्यले गरेको खर्चको प्रतिफल नखोजिएको भन्दै चिन्ता व्यक्त गरे ।
त्यस्तै, बैठकमा बोल्दै विदेशमा अध्ययनरत विद्यार्थीहरुको अभिभावक संघका अध्यक्ष नवराज काफ्लेले अभिभावकहरुलाई सामुदायिक विद्यालयहरुप्रति विश्वास नभएका कारण आफ्ना बालबालिका निजी विद्यालयमा पढाइरहेका बताए । उनले सामुदायिक विद्यालयलाई व्यवस्थित गरेमा निजी विद्यालयमा जानेहरुको संख्या स्वतः घट्ने बताए । सामुदायिक विद्यालयको व्यवस्थापन राम्रो नभएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण