शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय शिक्षा विधेयकमा अभिभावकहरुको अस्तित्वलाई स्वीकार नगरिएको भन्दै असन्तुष्टि

मङ्गलबार, २४ पुस २०८०, १९ : ३३
मङ्गलबार, २४ पुस २०८०

काठमाडौँ । प्रस्तावित विद्यालय शिक्षा विधेयकमा अभिभावकहरुको अस्तित्वलाई स्वीकार नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ । 

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै अभिभावकहरुका प्रतिनिधिहरुले प्रश्तावित विद्यालय शिक्षा विधेयकमा अभिभावकहरुको अस्तित्वलाई स्वीकार नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । 

बैठकमा बोल्दै अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विधेयकमा अभिभावकको प्रतिनिधित्व गर्ने संस्थालाई पनि ठाउँ दिनुपर्ने बताए । उनले विधेयकमा अभिभावक संघलाई समेट्ने संरचनाको पनि ठाउँ हुनुपर्ने बताए । उनले विधेयकमा प्राविधिक शिक्षा सिटिइभिटीको बारेमा एक शब्द पनि खर्च नगरिएको भन्दै सिटिइभिटीलाई पनि सम्बोधन हुनुपर्ने बताए ।

बैठकमा बोल्दै अभिभावक महासंघका अर्का प्रतिनिधि केशव पुरीले विधेयकमा अभिभावक भन्ने शब्द कतै नआएको भन्दै आपत्ति जनाए । उनले अभिभावकहरुको कुनै माग नभएको भन्दै शिक्षामा भएका गलत कुराहरुलाई औँल्याएर राज्यलाई सल्लाह दिने अवस्था बन्नुपर्ने बताए । उनले सरकारी विद्यालयमा राज्यले गरेको खर्चको प्रतिफल नखोजिएको भन्दै चिन्ता व्यक्त गरे ।

त्यस्तै, बैठकमा बोल्दै विदेशमा अध्ययनरत विद्यार्थीहरुको अभिभावक संघका अध्यक्ष नवराज काफ्लेले अभिभावकहरुलाई सामुदायिक विद्यालयहरुप्रति विश्वास नभएका कारण आफ्ना बालबालिका निजी विद्यालयमा पढाइरहेका बताए । उनले सामुदायिक विद्यालयलाई व्यवस्थित गरेमा निजी विद्यालयमा जानेहरुको संख्या स्वतः घट्ने बताए । सामुदायिक विद्यालयको व्यवस्थापन राम्रो नभएको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप