जर्मन क्लबबाट टोट्टनहाम पुगे स्ट्राइकर टिमो वेर्नर
काठमाडौँ । जर्मनीका प्रभावशाली स्ट्राइकर टिमो वेर्नर इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहाममा आबद्ध भएका छन् । २७ वर्षिय स्ट्राइकर टिमो जर्मन क्लब आरबी लाइपजिगबाट ‘लोन’ मा टोट्टनहाम पुगेका हुन् । उनी जारी सिजनको अन्त्यसम्म टोट्टनहाममा रहने छन् ।
‘लोन’ को अवधि सकिएपछि टिमोलाई टोट्टनहाममै रहने विकल्प पनि दिइएको छ । चर्चित दक्षिण कोरियाली स्ट्राइकर सन ह्युङ मिन र जेम्स माडिसनको अनुपस्थितमा टिमोले टोट्टनमाहको अग्रपँक्ति प्रभावकारी रुपमा समाल्ने अनुमान गरिएको छ ।
सन ह्युङ मिन एसियन कपका लागि दक्षिण कोरियाको राष्ट्रिय टोलीमा फर्किएका छन् भने जेम्स घाइते अवस्थामा छन् । ‘मेरो लागि यो महत्वपूर्ण अवसर हो र म आफ्नो जिम्मेबारीलाई पूर्ण रुपमा पालन गर्नेछु,’ टिमोले भनेका छन् ।
टिमोले यसअघि पनि प्रिमियर लिग खेलिसकेका छन् । उनी सन् २०२० देखि सन् २०२२ सम्म चेल्सीमा आबद्ध थिए । त्यतिबेला चेल्सीले यी जर्मन स्ट्राइकरका लागि चार करोड ५० लाख पाउण्ड रकम खर्चिएको थियो ।
त्यतिबेला पनि उनी आरबी लाइपजिग छाडेरै चेल्सीमा आबद्ध भएका थिए । त्यतिबेला उनले चेल्सीका लागि ८९ खेल खेल्दै २३ गोल गरेका थिए । उनीसहितको टोलीले चेल्सीलाई च्याम्पियन्स लिग, सुपर कप र क्लब विश्वकपको उपाधि चुमाएको थियो ।
त्यसपछि सन् २०२२ मा उनी पुनः आरबी लाइपजिग फर्किएका थिए । उनले यो सिजन आरबी लाइपजिगका लागि १४ खेल खेलेर दुई गोल गरेका छन् । उनले जर्मनीको राष्ट्रिय टोलीबाट पनि ५७ खेल खेलिसकेका छन् । उनले पछिल्लो पटक जर्मनीको राष्ट्रिय टोलीबाट सन् २०२३ को मार्चमा बेल्जियमविरुद्ध मैत्रीपूर्ण खेल खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण