तिला गाउँपालिकामा ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन न्यायो कपडा वितरण सुरु गरेको छ । ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तर्गत मङ्गलबार गाउँपालिकाले वडा नं १, २ र ३ का ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो । तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले यस आर्थिक वर्षमा ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तर्गत रु १० लाख बजेट विनियोजित गरिएको बताए । ज्येष्ठ नागरिकलाई उच्च गुणस्तरको ज्याकेट प्रदान गरिएको छ ।
पहिलो चरणमा पालिकाको वडा नं १ मा ४९ जना, वडा नं २ मा ७८ र वडा नं ३ मा ८२ गरी जम्मा दुई सय नौ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए । कार्यक्रमबाट क्रमशः यहाँका अन्य वडाका ज्येष्ठ नागरिकको घरमै पुगेर न्यायो कपडा वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
ज्येष्ठ नागरिकलाई स्वास्थ्योपचारलगायत अन्य राहतमुखी कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत बुढाथापाले बताए । ज्येष्ठ नागरिकलाई विशेष प्रथामिकतामा राखेर पालिकाले काम गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागद्वारा ध्रुव कन्स्ट्रक्सनका सञ्चालक विरूद्ध १ अर्ब २० करोडको मुद्दा दायर
-
रारा राष्ट्रिय निकुञ्जमा एनटिएनसीको फिल्ड कार्यालय उद्घाटन
-
गैडाकोटको जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु
-
समयमै काम नसकिएपछि थपियो फ्लडलाइट सहितको रङ्गशाला बनाउन दुई महिना
-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक विदा
-
एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्याङ्क छैन : शिक्षामन्त्री