माधव नेपालको दाबी : केपी ओलीको मति सप्रेको छैन
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको मति अझै नसप्रेकाले कम्युनिस्ट एकताको चाहना राखेरमात्र केही नहुने बताएका छन् ।
बुधबार काठमाडौँमा पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा चुनावका बेला समेत ओलीले प्रधानमन्त्री समेत रहेका प्रचण्डसँग एकीकृत समाजवादीलाई जिरो सिट दिन भनेको भन्दै गुनासो गरे ।
‘अहिले पनि राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा प्रचण्डकहाँ गएर हामीलाई ६ सिट दिनुस्, कांग्रेसलाई नौ सिट दिनुस्, तपाई पाँच सिट लिनुस्, एकीकृत समाजवादीलाई जिरो सिट दिनुस् भने’, अध्यक्ष नेपालले ओलीको भनाई उधृत गर्दै थप भने, ‘हामीलाई जिरो सिट दिने रे !’
अध्यक्ष नेपालले अझै ओलीको मति नसप्रेको बताए । ‘अझैपनि उनको मति सप्रेको छैन । त्यसो हुनाले सबै कम्युनिस्ट मिलुन् भनेर चाहाना राखेरमात्र हुँदैन । मति पनि सप्रेको हुनुपर्यो । मति नै सप्रेको छैन भने केही गर्न सकिँदैन’, नेपालको भनाइ छ । उनले गलत प्रवृत्ति बोकेकासँग आफूहरू जुध्दै देश र जनतालाई केन्द्र विन्दुमा राखेर पार्टीलाई अघि बढाउने बताए ।
उनले वर्तमान सरकारका कामका बारेमा अनेकौँ गुनासा आइरहेकाले आफूहरूले पटकपटक ध्यानाकर्षपत्र बुझाएको भन्दै व्याप्त संकटको समाधानको सूत्र समेत जानकारी गराएको बताए । नेता नेपालले अहिलेको अवस्थामा अन्य विकल्प नभएकाले बेठीकलाई बेठीक भनेर अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण