कृषि क्षेत्रमा ‘लगानी दशक घोषणा’ गर्ने तयारी
काठमाडौँ । कृषि क्षेत्रमा ‘लगानी दशक घोषणा’ को तयारीका लागि छलफल भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सातै प्रदेशका प्रतिनिधिसँग सो विषयमा छलफल गरेको हो ।
प्रधानमन्त्री पुष्प कमल दाहालको पुस १० को सम्बोधन अनुसारको कृषि क्षेत्रमा ‘लगानी दशक घोषणा’ को पूर्वतयारीका सम्बन्धमा छलफलका साथै कृषिका क्षेत्रका राष्ट्रिय तथा प्रादेशिक महत्त्व तथा प्राथमिकताको विषयमा छलफल भएको मन्त्रालयकी प्रवक्ता सवनम शिवाकोटी अर्यालले बताइन् ।
यस्तै, रासायनिक मलखादको व्यवस्थापन, विक्री वितरण तथा सहज उपलब्धता, बाँझो जमिन उपयोग, छाडा पशु तथा वन्यजन्तु नियन्त्रण, बाली तथा पशुपन्छीजन्य रोग किराहरू तथा सम्भावित महामारी ÷ प्रकोप नियन्त्रण तथा भ्याक्सिनको प्रयोगको विषयमा समेत छलफल भएको उनले बताइन् ।
बालीको न्यूनतम समर्थन मूल्य कृषि तथा पशुपन्छीको बिमा आदिका लागि आवश्यक उत्पादन लागत संकलन, कृषि तथ्यांक संकलन तथा व्यवस्थापनमा एकरूपता कायम गरिने अर्यालले जनाइन् ।
यसका साथै विभिन्न आयोजना कार्यान्वयनमा सहजीकरण, “सुन्तला“ लाई “राष्ट्रिय फलफूल“ घोषणाको तयारीका विषयमा पनि छलफल भएको उल्लेख गरिन् ।
संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ मा व्यवस्था भएको विषयगत समितिको आठौँ बैठक कृषि तथा पशुपक्षी विकास मन्त्रालय, सिंहदरबारमा सम्पन्न भएको छ । उक्त बैठकको कृषि मन्त्री डा. बेदुराम भुसाल, गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका कृषि मन्त्रीहरु, मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा, डा. रेवती रमण पौडेल, सातै प्रदेशका कृषि सचिवहरू, नेपाल कृषि अनुसन्धान परिषद्का प्रतिनिधि लगायत मन्त्रालय र मातहतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण