आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न

बुधबार, २५ पुस २०८०, १८ : ०६
बुधबार, २५ पुस २०८०

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पुस २३ गते हायत रिजेन्सी काठमाडौँमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड,२०२४ सम्पन्न गरेको छ । सन् २०२३ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी २०२४ ’ का लागि योग्य भएका ११६ जना अभिकर्तालाई सम्मानित गरिएको हो ।

पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक विमल प्रसाद ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीले वर्ष सकिएको आठ दिन भित्र नै भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताए ।

त्यस्तै कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लाग्नुभएका सम्पूर्ण अभिकर्ताहरूलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप