भूकम्प प्रभावितहरूलाई घर बीमा हस्तान्तरण
रुकुम पश्चिम । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी सुर्खेतले भूकम्पबाट प्रभावित रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका केही घरधनीहरूलाई घर बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।
चौरजारी स्थित लक्ष्मी सनराइज बैंकका शाखा प्रमुख प्रमुख सुधीर शाह र युनाइटेड अजोडका तर्फबाट सुर्खेत शाखा प्रमुख धिरेन्द्र कुमार शाहीले चेक हस्तान्तरण गरेका हुन् । चौरजारी नगरपालिका भित्र धनजनको क्षती भएकाहरूको घरदैलोमै पुगेर सम्पत्ति बीमालेख अन्तर्गत घर बीमा दाबी रकम हस्तान्तरण गरिएको हो ।
शाखा प्रमुख शाहीका अनुसार नौ जनालाई ११ लाख बराबरको दाबी बीमा दिइएको छ भने एक जना मुसिकोट नगरपालिकाका प्रभावित पनि रहेका छन् । ‘प्राकृतिक विपत्तिले क्षति पुग्दा पनि बीमा पाउँदो रहेछ भन्ने कुरा नागरिकलाई थाहै रहेनछ, बीमा रकम पाउँदा भूकम्प प्रभावितहरू निकै खुसी हुनुभयो,’ शाहीले भने ।
चेक हस्तान्तरणका क्रममा स्थानीय हर्कबहादुर विष्टले बीमा बैङ्क मार्फत मात्रै नभई स्वयम् आफैले पनि बीमा गर्नुपर्ने रहेछ भन्ने कुराको महसुस भएको बताए । लक्ष्मी सनराइज बैङ्क चौरजहारीबाट व्यापार, व्यवसायका लागि कर्जा लिएका ग्राहकको सम्पत्ति बीमा बैङ्कले युनाइटेड अजोड इन्स्योरेन्सबाट गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण