इजरायली हवाई आक्रमणमा थप ९० प्यालेस्टाइनीको मृत्यु
काठमाडौँ । गाजामा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परि थप ९० जनाको मृत्यु भएको छ । इजरायलले गरेका दुई अलग–अलग हवाई आक्रमणहरूमा थप ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सिन्ह्वा समाचार एजेन्सीको रिपोर्ट अनुसार, गाजास्थित स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको केन्द्रमा रहेको आवासीय क्षेत्रमा बमबारी गरेको गरेको जनाएको छ । उक्त आक्रमणमा भौतिक क्षति हुनुका साथै ५८ जनाको मृत्यु भएको छ ।
भवन ध्वस्त भएको छ र ५८ जनाको मृत्यु भएको छ । धेरै मानिसहरु आक्रमणमा परि कयौँ घाइते भएका छन् । इजिप्टको सिमानामा रहेको रफाहमा रहेको एउटा भवन पनि इजरायली आक्रमणबाट ध्वस्त भएको थियो । उद्धारकर्मीहरूले भग्नावशेषबाट १५ जनाको शव निकालेका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयले दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजरायली आक्रमणमा १४ जनाको मृत्यु भएको बताएको छ ।
गाजाको जबलिया सहरमा रहेको एउटा घरको भग्नावशेषबाट नागरिक रक्षा टोलीले पाँच जनाको शव र दर्जनौं घाइतेलाई निकालेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा इजरायलले सुरु गरेको युद्धमा अहिलेसम्म २३ हजार प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ ।
५० हजारभन्दा बढी घाइते भएका छन् । यी सङ्ख्यामध्ये आधाभन्दा बढी बालबालिका र महिला छन् । गाजा पट्टीमा पनि ठूलो संख्यामा विस्थापन भइरहेको छ । गाजाका करिब २३ लाख जनसङ्ख्याको ८० प्रतिशतभन्दा बढीले सुरक्षित स्थानमा शरण लिनु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण