‘एक मुठ्ठी बादल’ निर्माण हुने, मुख्य भूमिकामा आँचल
बिहीबार, २६ पुस २०८०, १३ : ०८
काठमाडौँ । आँचल शर्माको मुख्य भूमिका रहने फिल्म ‘एक मुठ्ठी बादल’ निर्माण हुने भएको छ । फिल्मको निर्देशन सहारा शर्माले गर्न लागेकी हुन् ।
आँचलको अलवा सहयोगराज अधिकारीको मुख्य भूमिका रहने फिल्मको बिहीबार एक पोस्टर सार्वजनिक गर्दै घोषणा गरिएको हो । सहाराको यो दोस्रो प्रोजेक्ट हो । उनले यसअघि ‘इन्द्रेणी खोज्दै जाँदा’ बनाएकी थिइन् ।
पारिवारिका विषयवस्तुमा निर्माण हुन लागेको फिल्मको निर्माता अभिमन्यु दीक्षित हुन् । फिल्मको छायाङ्कन आगामी फेब्रुअरीमा पोखरामा हुनेछ । फिल्मको पटकथा सहाराले नै लेखेकी हुन् । गौँथली इन्टरटेनमेन्ट र अन्डरग्राउन्ड टकिजले निर्माण सहकार्य रहने फिल्म फेस्टिभल र हल दुबैलाई लक्षित गरेर निर्माण हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपप्रधानमन्त्री लामिछानेले गरे त्रिभुवन विमानस्थलको अनुगमन
-
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
-
शर्मिलाले चुमिन् छैटौँ ब्युटिसियन ट्यालेन्ट नेपालको ताज
-
कांग्रेसको प्राथमिकतामा सहकारी मुद्दा, अन्य काम ‘तामेली’मा
-
आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची