‘एक मुठ्ठी बादल’ निर्माण हुने, मुख्य भूमिकामा आँचल
बिहीबार, २६ पुस २०८०, १३ : ०८
काठमाडौँ । आँचल शर्माको मुख्य भूमिका रहने फिल्म ‘एक मुठ्ठी बादल’ निर्माण हुने भएको छ । फिल्मको निर्देशन सहारा शर्माले गर्न लागेकी हुन् ।
आँचलको अलवा सहयोगराज अधिकारीको मुख्य भूमिका रहने फिल्मको बिहीबार एक पोस्टर सार्वजनिक गर्दै घोषणा गरिएको हो । सहाराको यो दोस्रो प्रोजेक्ट हो । उनले यसअघि ‘इन्द्रेणी खोज्दै जाँदा’ बनाएकी थिइन् ।
पारिवारिका विषयवस्तुमा निर्माण हुन लागेको फिल्मको निर्माता अभिमन्यु दीक्षित हुन् । फिल्मको छायाङ्कन आगामी फेब्रुअरीमा पोखरामा हुनेछ । फिल्मको पटकथा सहाराले नै लेखेकी हुन् । गौँथली इन्टरटेनमेन्ट र अन्डरग्राउन्ड टकिजले निर्माण सहकार्य रहने फिल्म फेस्टिभल र हल दुबैलाई लक्षित गरेर निर्माण हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण