अब हावामै मोबाइल चार्ज
अमेरिकाको लास भेगासमा जारी कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस)मा प्रविधि कम्पनीहरूले नयाँ नयाँ प्रविधि सार्वजनिक गरिरहेका छन् । प्रदर्शनीको तेस्रो दिनमा चिनियाँ कम्पनी ट्राशन होल्डिङ्सको सहायक कम्पनी इन्फ्लिक्सले हावामै मोबाइल चार्ज गर्न सकिने प्रविधि प्रदर्शन गरेको छ ।
यो प्रविधिमा फोनलाई चार्ज गर्न चार्जिङ केबल चाहिन्न । यो चार्जिङ प्रविधिले मल्टी क्वाइल म्याग्नेटिक रेजोनेंस र एडप्टिभ एल्गोरिदमको प्रयोग गर्छ । यसमा २० सेमी टाढा र ६० डिग्री एंगलसम्म डिभाइस चार्ज हुन्छ । यो प्रविधि ६.७८ मेगाहर्जभन्दा तल चल्छ । यसको चार्जिङ पावर ७.५ वाटसम्म हुन्छ । यसमा युजरहरूले गेम खेलिरहेको बेलामा पनि भिडियो चलाउँदै सजिलैसँग फोन चार्ज गर्न सक्छन् ।
कम्पनीले सीईएसमा आफ्ना दुई नयाँ प्रविधि ई–कलर सिफ्ट र एक्सट्रिम टेम्प ब्याट्री कन्सेप्ट डिभाइस पनि प्रदर्शन गरेको छ । कम्पनीले ई–कलर सिफ्टलाई ई–लिंक प्रिज्म नाम दिएको छ । यसले बिजुली प्रयोग नगरीकन स्मार्टफोनको प्यानल कलरलाई चेन्ज गराउँछ । कम्पनीले ल्याएको अर्को प्रविधि चाहिँ एक्सट्रिम टेम्प ब्याट्री कन्सेप्ट अर्थात् अति चिसो वा अति तातो वातावरणमा पनि ब्याट्रीमा समस्या नदेखिने प्रविधि हो । यो ब्याट्रीले अति चिसो र अति गर्मी स्थितिमा ब्याट्रीमा देखिने समस्यालाई पनि सम्बोधन गरेको छ । यो प्रविधिका कारण माइनस ४० डिग्रीसम्म पनि ब्याट्रीले काम गर्न सक्ने कम्पनीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण