कक्षा १० को एसईई हटाउन नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने सुझाव दिएको छ। बिहीबारको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि बोर्डको तर्फबाट धारणा राख्दै अध्यक्ष डा.महाश्रम शर्माले एसईई हटाउन नहुने सुझाव दिएका हुन्।
‘एसईई हुनुपर्छ । तर, केन्द्रीकृत नभई प्रादेशिक रूपमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो’ अध्यक्ष शर्माले भने। विधेयक कक्षा ८ र १२ मा परीक्षा हुने उल्लेख गरिएको छ। उक्त प्रावधानले विद्यार्थीहरूको पढाइमा झन् कमी आउने उनको तर्क छ।
‘अहिले कक्षा ८ मा हुन्छ। त्यसपछि कक्षा १० र १२ कक्षामा परीक्षा भइरहेको छ। यदि ८ मा परीक्षा गरेर सिधै १२ गर्दा बिचमा ४ वर्ष ग्याप हुन्छ,’ अध्यक्ष शर्माले भने, ‘चार वर्ष ग्याप हुँदा विद्यार्थीको पढाइ तथा मूल्याङ्कनमा थप कमी आउने हो कि भन्ने हाम्रो चिन्ता हो।’
अहिले कक्षा ११ मा सम्बन्धित विद्यालयले नै परीक्षा लिने गरेको छ। विद्यालयले लिने परीक्षामा शतप्रतिशत विद्यार्थी पास हुने गरेका छन्। तर, कक्षा १२ को बोर्ड परीक्षामा भने ५० प्रतिशत विद्यार्थी पास हुने गरेका छन्। यस्तो अवस्थामा कक्षा १० को बोर्ड परीक्षा हटाएको खण्डमा फेल हुने दर झन् बढ्ने अध्यक्ष शर्माको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण