चर्चित फुटबल प्रशिक्षक एरिक्सनलाई क्यान्सर भएको पुष्टि
काठमाडौँ । इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक स्वेन गोरान एरिक्सनले आफूलाई क्यान्सर भएको समाचार सार्वजनिक गरेका छन् । उनले उपचारका क्रममा क्यान्सर रोग पुष्टि भए पनि आफू जीवनप्रति सकारात्मक रहेको बताएका छन् ।
७५ वर्षिय स्विडिस नागरिक एरिक्सन आफ्नो समयका प्रभावशाली प्रशिक्षक हुन् । उनी पछिल्लो समय अस्वस्थ्य रहँदै आएका थिए । उनी इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्ने पहिलो विदेशी नागरिक पनि हुन् ।
एरिक्सनले सन् २००२ र सन् २००६ को फिफा विश्वकप तथा सन् २००४ को युरो कपमा इङ्ल्यान्डलाई क्वार्टरफाइनलसम्म पु¥याएका थिए । ‘क्यान्सर भए पनि म आत्तिएको छैन । म जीवनप्रति सकारात्मक छु । सकेसम्म म योगसँग लड्ने प्रयास गर्नेछु,’ उनले स्विडिस रेडियो पी वानसँगको कुराकानीका क्रममा भनेका छन् ।
उनले ४२ वर्षभन्दा लामो समय प्रशिक्षणमा बिताएका थिए । त्यसअघि उनी खेलाडीको भूमिकामा पनि सक्रिय थिए । उनले इङ्ल्यान्डका अतिरिक्त मेक्सिको, आइभरी कोस्ट र फिलिपिन्सको राष्ट्रिय टोली पनि समालेका थिए ।
एरिक्सनले रोमा, फियोरेन्टिना, लाजियो, लेस्टर सिटीलगायतका विश्व चर्चित क्लबहरुमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । एक वर्ष फिलिपिन्सको राष्ट्रिय टोली समालेपछि उनले प्रशिक्षणबाट पनि बिदा लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण