धेरै विद्यार्थी फेल हुन थालेपछि परीक्षाको नतिजाबारे अध्ययन गर्दै राष्ट्रिय परीक्षा बोर्ड
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको नतिजाबारे अध्ययन गर्न थालेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षाको नतिजाबारे अध्ययन थालिएको बताए ।
संसद्को शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि बोर्डको तर्फबाट सुझाव पेस गर्ने क्रममा अध्यक्ष शर्माले रिजल्टको एनालाइसिस गर्न थालिएको बताएका हुन् ।
‘प्रत्येक विषयमा विद्यार्थीहरू किन फेल भए ? अहिले धेरै जसो विद्यार्थीहरू गणितमा फेल भएका छन् । गणितमा किन धेरै विद्यार्थी फेल भए त, हाम्रो करिकुलम अप्ठ्यारो भएर हो कि ? पठनपाठन राम्रो नभएर हो कि ? अथवा विद्यार्थीको स्तर नै त्यस्तै हो कि ? हुम्लाको एउटा विद्यार्थी एउटा विषयमा फेल हुन्छ । अर्को ठाउँको विद्यार्थी अर्को विषयमा फेल हुन्छ । किन यस्तो हुन्छ भनेर रिसर्च गर्ने काम यस पटकदेखि सुरुवात नै गरेका छौँ’, अध्यक्ष शर्माले भने ।
गत वर्षको एसईई परीक्षामा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू फेल (कम ग्रेड) भएका थिए । देशभर नै एउटै पाठ्यक्रम लागू भएको, पढाई प्रणाली समेत एउटै भएको अवस्थामा क्षेत्र अनुसार समेत फरक फरक विषयमा विद्यार्थीहरू फेल हुने गरेको छन् । यसको कारण पत्ता लगाउन बोर्डले अध्ययन गर्न लागेको अध्यक्ष शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण