धेरै विद्यार्थी फेल हुन थालेपछि परीक्षाको नतिजाबारे अध्ययन गर्दै राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको नतिजाबारे अध्ययन गर्न थालेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षाको नतिजाबारे अध्ययन थालिएको बताए ।
संसद्को शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि बोर्डको तर्फबाट सुझाव पेस गर्ने क्रममा अध्यक्ष शर्माले रिजल्टको एनालाइसिस गर्न थालिएको बताएका हुन् ।
‘प्रत्येक विषयमा विद्यार्थीहरू किन फेल भए ? अहिले धेरै जसो विद्यार्थीहरू गणितमा फेल भएका छन् । गणितमा किन धेरै विद्यार्थी फेल भए त, हाम्रो करिकुलम अप्ठ्यारो भएर हो कि ? पठनपाठन राम्रो नभएर हो कि ? अथवा विद्यार्थीको स्तर नै त्यस्तै हो कि ? हुम्लाको एउटा विद्यार्थी एउटा विषयमा फेल हुन्छ । अर्को ठाउँको विद्यार्थी अर्को विषयमा फेल हुन्छ । किन यस्तो हुन्छ भनेर रिसर्च गर्ने काम यस पटकदेखि सुरुवात नै गरेका छौँ’, अध्यक्ष शर्माले भने ।
गत वर्षको एसईई परीक्षामा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू फेल (कम ग्रेड) भएका थिए । देशभर नै एउटै पाठ्यक्रम लागू भएको, पढाई प्रणाली समेत एउटै भएको अवस्थामा क्षेत्र अनुसार समेत फरक फरक विषयमा विद्यार्थीहरू फेल हुने गरेको छन् । यसको कारण पत्ता लगाउन बोर्डले अध्ययन गर्न लागेको अध्यक्ष शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण
-
डोटीमा बोलेरो जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
-
सङ्कटमा थाई प्रधानमन्त्रीको कुर्सी, के हो विवाद ?
-
कांग्रेस–एमालेबिचको एक वर्ष पुरानो ७ बुँदे सहमति : ओलीको शासन भयो, काम भएन
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
काठमाडौँबाट बाहिरिँदा १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाइने