शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार नियन्त्रणविना देशको विकास हुँदैन : मन्त्री श्रेष्ठ

बिहीबार, २६ पुस २०८०, १८ : ३८
बिहीबार, २६ पुस २०८०

 हेटौंडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले भ्रष्टाचार नियन्त्रणविना देशको विकास नहुने बताएका छन् ।

मन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाविना देशमा विकास र समृद्धि सम्भव नभएको बताएका हुन् । 

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाद्वारा आयोजित 'भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम' मा बोल्दै मन्त्री श्रेष्ठले भ्रष्टाचार देशको महारोग भएको बताए । उनले भ्रष्टाचार राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र सबैतिर फैलिएको बताए । उनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न उच्च नेतृत्वले जीवन व्यवहारमा उच्च नैतिक मानक कायम गर्नुपर्ने बताए ।

मन्त्री श्रेष्ठले भ्रष्टाचारलाई अपराध कर्मको रुपमा लिँदै देश र जनताको सेवा नै पवित्र कर्म हो भन्ने मान्यतालाई दह्रोसँग स्थापित गर्न प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । उनले सम्पत्ति र सत्तालाई शक्तिको स्रोत ठान्ने संस्कृतिलाई बदल्नुपर्ने बताए । उनले भ्रष्टाचारीहरूलाई कानुनी कारबाहीसँगै सामाजिक रूपमा समेत बहिष्कार गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप