सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

तत्कालीन पर्यटनमन्त्रीको स्वार्थका कारण हवाई सेवा सम्बन्धी विधेयक आएन : अध्यक्ष तिमिल्सिना

बिहीबार, २६ पुस २०८०, १९ : ०८
बिहीबार, २६ पुस २०८०

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तत्कालीन पर्यटनमन्त्री र कर्मचारीहरुको स्वार्थका कारण हवाई सेवा सम्बन्धी विधेयक आउन नसकेको बताएका छन् ।  

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले अघिल्लो प्रतिनिधि सभाको कार्यकालमा विभागीय मन्त्री र कर्मचारीहरुको स्वार्थका कारण नेपाल हवाइसेवा प्राधिकरण विधेयक र नेपाल नागरिक उडड्यन प्राधिकरण विधेयक आउन नसकेको बताएका हुन् । उनले राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको भएपनि स्वार्थवश प्रतिनिधि सभाबाट पुनः राष्ट्रिय सभामा फिर्ता नआएको बताए । 

अध्यक्ष तिमिल्सिनाले युरोपियन युनियनले नेपालीलाई कालोसूचीमा राखेको अवस्थामा सेवा प्रदायक निकाय र नियामक निकाय एउटै हुनु नहुने प्रावधानसहित विधेयक ल्याउनुपर्ने भएपनि कर्मचारीहरुले सो कुरा स्वीकार गर्न नसकेका बताए । उनले वायु सेवा निगमका कर्मचारीहरुले पार्टीका नेताहरुको कुरा सुनेका पनि बताए । उनले अझै पनि सरकारले चाहेमा सो विधेयक ल्याएर पारित गर्नसक्ने भएपनि प्रयत्न नगरिएको बताए । उनले नेताहरु निहित स्वार्थमा लागेका पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप