आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षाका कारण श्रीलङ्कामा १५ हजार परिवार विस्थापित

बिहीबार, २६ पुस २०८०, २१ : ००
बिहीबार, २६ पुस २०८०

कोलम्बो । श्रीलङ्कामा हालैका दिनहरूमा प्रतिकूल मौसमका कारण १५ हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।

विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का महानिर्देशक सुदन्थ रणसिङ्घेले बिहीबार दिएको जानकारी अनुसार लगातारको भारी वर्षाका कारण पूर्वी प्रान्तको अम्पारा जिल्लामा १५ हजार ३६३ परिवार प्रभावित भएका छन् ।

अम्पाराका जिल्ला सेक्रेटरी चिन्थका अबेविक्रमले सबैभन्दा बढी प्रभावितलाई घर बनाउन आठवटा राहत शिविर स्थापना गरेको बताउनु भएको छ । रणसिंहेले वर्तमान प्रतिकूल मौसमले उत्तर मध्य, उत्तरी र पूर्वी प्रदेशमा बढी असर गरेको बताए ।

सिँचाइ विभागले राखेका ठूला ट्याङ्कीको पानीको स्तर ९५ प्रतिशत रहेको र सिलोन विद्युत बोर्ड र महावेली प्राधिकरणले व्यवस्थापन गरेका ट्याङ्कीमा पानीको सतह करिब ९७ प्रतिशत रहेको उनले बताए ।

यसैबीच, देशको मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि पानी पर्ने क्रम कम हुने जनाएको छ ।-(रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप