वर्षाका कारण श्रीलङ्कामा १५ हजार परिवार विस्थापित
कोलम्बो । श्रीलङ्कामा हालैका दिनहरूमा प्रतिकूल मौसमका कारण १५ हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।
विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का महानिर्देशक सुदन्थ रणसिङ्घेले बिहीबार दिएको जानकारी अनुसार लगातारको भारी वर्षाका कारण पूर्वी प्रान्तको अम्पारा जिल्लामा १५ हजार ३६३ परिवार प्रभावित भएका छन् ।
अम्पाराका जिल्ला सेक्रेटरी चिन्थका अबेविक्रमले सबैभन्दा बढी प्रभावितलाई घर बनाउन आठवटा राहत शिविर स्थापना गरेको बताउनु भएको छ । रणसिंहेले वर्तमान प्रतिकूल मौसमले उत्तर मध्य, उत्तरी र पूर्वी प्रदेशमा बढी असर गरेको बताए ।
सिँचाइ विभागले राखेका ठूला ट्याङ्कीको पानीको स्तर ९५ प्रतिशत रहेको र सिलोन विद्युत बोर्ड र महावेली प्राधिकरणले व्यवस्थापन गरेका ट्याङ्कीमा पानीको सतह करिब ९७ प्रतिशत रहेको उनले बताए ।
यसैबीच, देशको मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि पानी पर्ने क्रम कम हुने जनाएको छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण