अफगानिस्तानलाई हराएपछि शिवम् दुबे भन्छन्, ‘चौथो नम्बरमा ब्याटिङ गर्न सहज छैन’
काठमाडौँ । घरेलु टोली भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको छ । उक्त खेलमा भारतलाई जित दिलाउन शिवम् दुबेले महत्त्वपूर्ण योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका शिवम्ले अर्धशतक बनाएका थिए ।
उनले अविजित ६० रन बनाएका थिए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ४० बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काएका थिए । भारतलाई जित दिलाएपछि शिवम्ले चौथो नम्बरमा ब्याटिङ गर्न निकै चुनौतीपूर्ण भएको टिप्पणी गरेका छन् ।
‘वास्तवमै चौथो नम्बरमा ब्याटिङ गर्न निकै चुनौतीपूर्ण रहेछ । टोली अप्ठ्यारोमा रहँदा जितसम्म पुर्याउनु पर्ने सम्पूर्ण चुनौती चौथो नम्बरको ब्याट्सम्यानमा थपिन्छ । यसले ब्याट्सम्यानलाई केही दबाबमा पार्दो रहेछ,’ उनले भनेका छन् ।
हालसम्म भारतका लागि १९ टी–२० खेलेका दुबेले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा बनाएको यो सर्वाधिक रन हो । ‘यो खेल मेरा लागि निकै ठूलो अवसर थियो । मलाई लाग्छ, मैले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको छु,’ उनले भनेका छन् ।
पहिलो टी–२० मा जित हात पारेसँगै भारतले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको भ्रमणकारी टोली अफगानिस्तानले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ५८ रन बनाएको थियो ।
अफगानिस्तानका लागि मोहम्मद नाबीले सर्वाधिक ४२ रन बनाएका थिए । अजमतुल्लाह ओमरजाईले पनि २९ रन जोडेका थिए । भारतीय टोलीका बलर मुकेश कुमार र अक्सर पटेलले दुई–दुई विकेट लिएका थिए । शिवम् दुबेले पनि एक विकेट हात पारेका थिए ।
जवाफी ब्याटिङ गरेको भारतले १७.३ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । भारतका लागि शिवम दुबेका अतिरिक्त जितेश शर्माले पनि ३१ रन जोडेका थिए । तिलक बर्माले २६ र शुभमन गिलले २३ रन बनाए । रिंकु सिंह १६ रनमा अविजित रहे । अफगानिस्तानका बलर मजिब उर रहमानले दुई र अजमतुल्लाहले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण