माओवादी बागमतीमा एक लाख ४७ हजार ५५ पार्टी सदस्य, १४ हजार ११ नयाँ
काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेशमा पार्टी सदस्य एक लाख ४७ हजार ५५ रहेको छ । पार्टी रुपान्तरण विशेष अभियान अन्तर्गत १३ वटै जिल्लामा माओवादीले सदस्यता नवीकरण र नयाँ सदस्यहरूको अद्यावधि गरेको थियो ।
माओवादी बागमती प्रदेश सचिवालयले दिएको जानकारी अनुसार सिन्धुली १४ हजार ५७८, ललितपुर ५ हजार ९८४, काठमाडौँ १० हजार ६७९, चितवन २३ हजार ८७७, काभ्रे १४ हजार ५१५ जना सदस्य रहेका छन् । यस्तै धादिङ १४ हजार ८३, दोलखा १० हजार २५, नुवाकोट १० हजार २६६, रसुवा एक हजार ५२१, भक्तपुर ३ हजार १७०, मकवानपुर ११ हजार ३४९, रामेछाप ९ हजार ४२५, सिन्धुपाल्चोक १७ हजार ८९३ सदस्य रहेका छन् ।
यसैगरी नवीकरण सदस्य र नयाँ आवेदन दिनेको जम्मा संख्या एक लाख २ हजार ५९० रहेको छ । जसमध्ये सिन्धुलीमा ७ हजार ७०१ ले नवीकरण र एक हजार ६८ जनाले नयाँ आवेदन दिएका छन् । ललितपुरमा ४ हजार ५४७ नवीकरण र ४३० नयाँ रहेका छन् । काठमाडौँमा ९ हजार ४४८ जनाको सदस्यता नवीकरण भएको छ । चितवनमा १८ हजार ८८४ सदस्य नवीकरण र एक हजार ८७६ जनाले नयाँ सदस्यता आवेदन दिएका छन् । यस्तै काभ्रेमा १० हजार ५७५ नवीकरण, धादिङमा ९ हजार ३६८ नवीकरण र ८८९ नयाँ आवेदन परेको छ । दोलखामा ७५९ नवीकरण, १०० नयाँ, नुवाकोटमा ६ हजार ४९९ नवीकरण, २ हजार ३२८ नयाँ सदस्य रहेका छन् । त्यस्तै रसुवामा एक हजार ४६३, भक्तपुरमा २ हजार ८०६ र मकवानपुरमा ९ हजार ४०३ सदस्य नवीकरण भएका छन् । त्यस्तै रामेछापमा ४ हजार ८९६ नवीकरण, ६८४ नयाँ सदस्य र सिन्धुपाल्चोकमा ७ हजार ९०५ सदस्यले नवीकरण गरेका छन् ।
बागमती प्रदेशको १३ वटै जिल्लामा ९५ हजार ९५४ जनाले सदस्यता नवीकरण गरेका छन् भने ६ हजार ६३६ जनाले नयाँ सदस्यताका लागि आवेदन दिएका छन् । नयाँ सदस्यका लागि आवेदन दिनेमा १४ हजार ११ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण