सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

भद्रगोल अवस्थाका खेल संघहरु व्यवस्थित गर्दैछौँ : टंकलाल घिसिङ

शुक्रबार, २७ पुस २०८०, १८ : ३५
शुक्रबार, २७ पुस २०८०

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले एकै प्रकृतिका भद्रगोल अवस्थामा रहेका खेल संघलाई एकै ठाउँमा ल्याउने प्रक्रिया जारी रहेको बताएका छन् । 

राखेप सदस्यसचिव घिसिङले शुक्रबार चौथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिताको उद्घाटनका अवसरमा सो धारणा राखेका हुन् । विकसित राष्ट्रको भन्दा पनि बढी खेलकुद संघ अव्यवस्थित रुपमा रहँदै आएपनि अहिले त्यसलाई व्यवस्थित गर्ने प्रयास रहेको उनको भनाइ छ । संविधान र नयाँ खेलकुद ऐनद्वारा निर्देसित काम कामकारबाही अगाडि बढिरहेको घिसिङले बताए । साथै उनले पहिलोपटक नेपालमा खेलकुद विमालेख जारी भएको पनि जानकारी गराए ।

नेपाल वादोरियो कराते डो संघको आयोजनामा सो प्रतियोेगिता आगामी पुसको २७ र २८ गते हँदैछ । प्रतियोगितामा पुरुष तथा महिलातर्फm समान ६ विधामा प्रतिष्पर्धा हुनेछन् । सदस्यसचिव घिसिङले अब प्रतियोगिताको मुखमा गएर खेलाडीको तयारी गराउने परम्पराको अन्त्य हुने विश्वास व्यक्त गरे । त्यसैले अब हुने एसियाली खेलकुदको तयारी छिट्टै गरिने र त्यसको सुरुवात करातेबाट हुने सदस्यसचिव घिसिङको भनाइ छ ।

प्रतियोगिताको उद्घाटनका अवसरमा आयोजक संस्था नेपाल वादोरियो संघले राखेपका सदस्यसचिव टंकलाल घिसिङ, बोर्ड सदस्य अञ्जन धमला, पत्रकार निरञ्जन राजवंशी र स्थानीय जनप्रतिनिधिलाई पनि सम्मान गरेको थियो । उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मानपत्र प्रदान गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी र ६५ केजी तथा महिलामा ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, खुला तौलसमूह र एकल कातामा प्रतिष्पर्धा हुँदैछ ।

प्रतियोगितामा सातै प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । एक प्रदेशबाट एक तौलसमूहमा समान ६ पुरुष तथा महिला गरी कुल १२ खेलाडी सहभागिता जनाउन पाउनेछन् । त्यसबाहेक एकजना प्रशिक्षक, एकजना व्यवस्थापक र रेफ्री रहनेछन् । प्रतियोगितामा सहभागी हुने सबै प्रदेशका खेलाडीको छनोट सम्पन्न भइसकेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा हरेक विधामा पदक जित्ने पुरुष÷महिला खेलाडी, बेस्ट फाइटर तथा शीर्ष तीनमा रहने टोलीलाई पुरस्कार प्रदान गरिने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप