नागरिक उन्मुक्ति पार्टीको २५ सदस्यीय पदाधिकारी घोषणा
शुक्रबार, २७ पुस २०८०, १९ : २८
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले २५ सदस्यीय पदाधिकारी घोषणा गरेको छ । नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनले शुक्रबार २५ सदस्यीय पदाधिकारी घोषणा गरेको हो ।
महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई निर्विरोध चयन गरेको छ । यस्तै कोषाध्यक्षमा टिकालक्ष्मी चौधरी चयन भएकी छन् । कैलालीको टीकापुरमा जारी पार्टीको पहिलो महाधिवेशनले पार्टीको वरिष्ठ उपाध्यक्षमा दमोदर पण्डितलाई निर्वाचित गराएको छ ।
महाधिवेशनले सहमहासचिव, सचिव र सहसचिव पदमा निर्विरोध चयन गर्दा दुई उपाध्यक्ष र महासचिवको भने टुंगो लगाइ सकेको छैन ।
महासचिव र दुई उपाध्यक्षमा सहमति हुन नसकेपछि २५ पदाधिकारी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । महासचिव र दुई उपाध्यक्षमा भने सहमतिको प्रायशः भइरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण