नागरिक उन्मुक्ति पार्टीको २५ सदस्यीय पदाधिकारी घोषणा
शुक्रबार, २७ पुस २०८०, १९ : २८

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले २५ सदस्यीय पदाधिकारी घोषणा गरेको छ । नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनले शुक्रबार २५ सदस्यीय पदाधिकारी घोषणा गरेको हो ।
महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई निर्विरोध चयन गरेको छ । यस्तै कोषाध्यक्षमा टिकालक्ष्मी चौधरी चयन भएकी छन् । कैलालीको टीकापुरमा जारी पार्टीको पहिलो महाधिवेशनले पार्टीको वरिष्ठ उपाध्यक्षमा दमोदर पण्डितलाई निर्वाचित गराएको छ ।
महाधिवेशनले सहमहासचिव, सचिव र सहसचिव पदमा निर्विरोध चयन गर्दा दुई उपाध्यक्ष र महासचिवको भने टुंगो लगाइ सकेको छैन ।
महासचिव र दुई उपाध्यक्षमा सहमति हुन नसकेपछि २५ पदाधिकारी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । महासचिव र दुई उपाध्यक्षमा भने सहमतिको प्रायशः भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधिकालागी बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने