राशिद खानको शतकमा पुलिसको विशाल लक्ष्य
शनिबार, २८ पुस २०८०, १३ : ०६
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा राशिद खानको शानदार शतकको मद्दतले नेपाल पुलिस क्लबले बागमती प्रदेशसामु २ सय ८३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पुलिस क्लबले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको हो ।
खानले ११२ बलमा १०६ रन बनाउँदै नटआउट रहे । उनले यसक्रममा ९ चौका र ६ छक्का हिर्काए । उनलाई आरिफ शेखले ६६ बलमा ५७ रन बनाउँदै राम्रो साथ दिए । कप्तान दीपेन्द्र सिंह ऐरीले १४ बलमा २१ रन बनाए भने सुनिल धमला र अर्जुन साउदले २०–२० रनको योगदान दिए ।
बागमतीका लागि सूर्य तामाङ र रिजन ढकालले ३–३ विकेट लिए । त्यस्तै गौतम केसी र सोनु देवकोटाले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
-
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द
-
नेपाल प्रहरीमा इन्स्पेक्टरको माग सङ्ख्या थप, अब २९ जना भर्ना गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण